‘साथीलाई क्याफेमा हँसाएजस्तो सजिलो छैन स्ट्यान्डअप कमेडी’

आइतबार, २६ साउन २०७६, ११ : १७ शुक्रवार
‘साथीलाई क्याफेमा हँसाएजस्तो सजिलो छैन स्ट्यान्डअप कमेडी’

‘नेप–ग्याजम’ स्ट्यान्डअप कमेडी सोले लेखमणि त्रिताललाई सिलिब्रिटी नै बनायो। उनका ‘वीड २’ र ‘पब्जी’ भिडियोलाई १० लाख बढीले युट्युबमा हेरिसकेका छन्। युट्युबमा अपलोड भएका करिब २५ वटा कमेडी सोले उनलाई लाखौं दर्शकमाझ पु-याएको छ। एयरपोर्टमा ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी सम्हाल्दै आएका त्रिताल कसरी स्ट्यान्डअप कमेडीतिर लागे ? स्ट्यान्डअप कमेडीको बढ्दो क्रेज तथा विकृतिमा केन्द्रित रही शुक्रवारकर्मी रीना मोक्तानले गरेको अन्तरंगः

सञ्चै हुनुहुन्छ ?
एकदमै आराम छु।

कमेडीसँगै अन्य पेशामा पनि संलग्न हुनुहुन्छ होइन ?
अँ, हो। म नेपाल एयरलाइन्समा काम गर्छु, यता एयरपोर्टमै। ग्राउन्ड ह्यान्डलिङ स्टाफ हुँ। साढे चार वर्ष भयो यता काम गरेको। कहिले रातिको त कहिले बिहानको सिफ्ट हुन्छ।

एयरपोर्टमा त धेरैलाई भेट्नु हुन्छ होला नि ?
सर्भिस इन्डस्ट्री भनेको यस्तो ठाउँ हो, त्यहाँ आफ्नै बाउआमा आए पनि ‘सर नमस्ते’ भन्नुपर्छ। मैले बलिउड कलाकार करिश्मा कपुरसँग  एयरपोर्टमै भेटेको छु। फोटो नै खिच्न भ्याएँ।  

ग्राउन्ड ह्यान्डलिङ गरेर बसेको व्यक्ति ह्युमर ह्यान्डलिङतिर कसरी त ?
यो त यस्तो भयो। साथीहरुसँग गफ गर्दागर्दै गर्ने कुरा भयो। ल ..ल भनेर गरेको, राम्रो भयो (मुसुक्क हाँस्दै)। एक दिन साथीहरुसँग टुर जाँदा एकजना साथीलाई कल गरेर प्राङ्क गरेको थिएँ। एउटा साथीले त्यो रेकर्ड गरेको रहेछ। त्यसले त्यो आफ्नो साथीलाई सुनाएको रहेछ। साथीहरुलाई यो मान्छे त खत्रा छ भनेर गफ पेलिदिएछ। त्यसपछि त्यसको साथीहरुसँग भेटेँ। गफ गर्दा उनीहरुलाई पनि रमाइलो लागेछ। त्यतिखेर उनीहरुले भर्खरै युट्युब च्यानल खोलेका रहेछन्। स्ट्यान्डअप कमेडी गर्ने हो भनेर सोधे, मैले पनि हुन्छ भनेँ। २०१८ को फेब्रुअरी १७ मा भ्यालेन्टाइन स्पेसल भनेर पहिलो भिडियो युट्युबमा राख्यौं। दर्शकले रुचाइदिनु भयो। अहिलेसम्म चलिरहेको छ।

‘नेप–ग्याजम’ भनेको के हो ?
‘नेप ग्याजम’ त च्यानलको नाम हो। नेप भनेको नेपाल हो। ग्याजम भन्नाले प्लेजर। दर्शकलाई प्लेजर दिने क्या!

पहिलो भिडियो नै चल्यो ?
भर्खर, भर्खर हाल्या थियो नि त ! त्यतिखेर त हजार भ्यु हुँदा पनि ओहो हजार भन्ने हुन्थ्यो। अहिलेको ट्रेन्डिङ जस्तै खुसी भइन्थ्यो। च्यानलमा राखेको, अन्य भ्लग्सको भिडियोको भ्यु गएको थिएन। स्ट्यान्डअपको त हजार भ्युज नै धेरै लाग्थ्यो।

सर्भिस इन्डस्ट्री भनेको यस्तो ठाउँ हो, त्यहाँ आफ्नै बाउआमा आए पनि ‘सर नमस्ते’ भन्नुपर्छ। मैले बलिउड कलाकार करिश्मा कपुरसँग  एयरपोर्टमै भेटेको छु। फोटो नै खिच्न भ्याएँ।  

टिममा को–को हुनुहुन्छ ?
शरद श्रेष्ठ, ज्ञानेन्द्रराज मिश्र, आशीष शाही, रुपेश श्रेष्ठ, सरु प्रधान, सुवास प्रधान, शिष्टता। सुरुमा त धेरै थिए। बीचमा हराउँदै गए कति त। कति साथीहरु आफ्नै पेशामा व्यस्त भए।

हँसाउने काम बडो गाह्रो हो भनिन्छ। अरुलाई हँसाउन सक्छु भन्ने कहिले लाग्यो ?
स्कुलदेखि नै अलिअलि कमेडी त गरिन्थ्यो। स्कुलको स्टेजमा मिमिक्री गरिन्थ्यो। जोक सुनाइन्थ्यो। क्लासमा शिक्षकले ‘ओई लेखमणि’ भनेर बोलाए पनि साथीहरु गललल हाँस्दिनी क्या ! यसलाई उठायो, अब कमेडी हुन्छ भनेर होला ! सानोमा कतै जोक्स सुनेँ भने त्यो डायरीमा लेखेर राख्थेँ। उपहारमा पाएको डायरी थियो त्यो। एकदिन जोकको किताब निकाल्छु भन्ने सोच थियो। पछि रहर हराउँदै गयो। शिक्षकहरुले पनि तँ त भोलिपर्सी हाँस्यकलाकार बन है भन्नुहुन्थ्यो। जिन्दगीमा कुनै दिन कमेडियन बन्छु होला जस्तो लाग्थ्यो। भाग्यले डो-याएर यतै ल्यायो।

सुरुको सोमा क्यामरा फेस गर्दा कति टेक लिनु भयो ?
सात टेक जति त खाइयो। अब अरु बेला यता केटाहरुलाई सुनाइरहने ! क्यामेरा देख्दा नभर्स फिल हुने रहेछ। अहिले पनि हरेकचोटी क्यामेरा फेस गर्दा नर्भस फिल हुन्छ।

एउटा पेशामा जमिसकेको व्यक्ति। कमेडीतिर लाग्दा परिवारले गाली गरेनन् ?
सुरुमा त ममी ड्याडीलाई भनेकै थिइनँ। दुनियाँ दिवाना, कमेडी गरेर हिँड्न थाल्यो, जा गएर लोकसेवा दे भन्नुहोला भन्ने डर थियो। -याक हान्छन् होला भनेर डेढ महिनासम्म भन्दै भनिनँ। एउटा सोमा ‘वीड’ (गाँजा) वाला कुरा गरेको थिएँ। गाँजाको कुरा त नेप्लीज सोसाइटीमा पचाउँदैन नि त ! त्यस्तो नराम्रो त होइन तर पनि गाँजाको कुरा गर्छ, गँजेडी पो हो कि भन्लान् भन्ने पीर। तर, एकदिन ममीलाई हाम्रो एक आफन्तले मेरो भिडियो देखाइदिनुभएछ। पछि ममीले आएर, के हो तँ यस्तो गरिछस् भन्नुभयो। डर लागेको थियो। तर ल राम्रो छ, त्यो यताउता जथाभावीतिर लाग्ने चैँ होइन। गर्न चैँ गर, पढाइ नबिगार् भन्नुभयो। पछि मैले ममीलाई पनि कार्यक्रममा बोलाएँ। ममीले बल्ल थाहा पाउनु भो, छोरो त बबाल कमेडियन भइसकेछ भनेर (हाँस्दै)।

बुबाको प्रतिक्रिया ?
बुबालाई भिडियो देखाएको थिएँ। बुबाहरुले राम्रो कहिल्यै भन्दैनन् नि त ! छोराले एक करोड नै लेराए पनि जाबो एक करोड लेराएछ, के–के न लेराएछस् भन्नुहुन्छ नि त ! ताल न बेतालको कमेडी गर्दै हिँड्या छस् भन्नु भयो ड्याडीले। एकदिन काकाको छोरीले बुबालाई मेरा तीन ओटा भिडियो देखाइदिइछ। म के गर्दैछु भन्नेमा ड्याडी प्रस्टै हुनुभएन। उहाँलाई पनि एउटा सोमा बोलाइदिएँ। प्रोगाममा बोलाएपछि पोजेटिभ हुनुभा’को छ।

तपाईँ आफैँले पनि अझै स्ट्यान्डअप कमेडीलाई प्रोफेसनको रुपमा लिएको देखिएन। एयरपोर्टमा अझै काम गरिरहनुभएको छ। यसैमा लागेर गुजारा चल्छ भन्नेमा कन्फ्युज हो ?
अब यस्तो भयो। कमेडीबाट पनि कमाई राम्रो छ। चार वर्षदेखि काम गरिरहेको, त्यो छोडेर घरमा बस्न सकिँदैन रहेछ। एयरपोर्टको काम पनि इज्जदार छ नि त ! भित्र जे जस्तो भने पनि बाहिर मान्छेले ओहो एयपोर्टमा बबाल छ है भनेर सोचिदिन्छन्।

हाम्रो भिडियो घरमा बाउआमालाई देखाउनुपर्छ नि त ! ल बाउ आमाले मुख छाडिस् भन्नु र, कोही छिमेकीले युट्युबमा तपाईँको छोरा मुख छाडिरा’थियो भन्नेमा फरक हुन्छ नि ! समाजको रेस्ट्रिक्सन भन्ने पनि हुन्छ। आफूलाई पनि कसैलाई सोको भिडियो देखाउँदा गर्व होस् न ! बाबुआमाले पनि थुक्क मूला यस्तो गर्दै हिँड्या रहेछस् नहोस् भन्ने हो।

अहिले त स्ट्यान्डअप कमेडियन पनि ह्वात्तै बढेका छन्। स्कोप भएर हो कि देखासिकी ?
अँ, धेरै आएको छ अहिले। अब यस्तो हो, एकचोटी -याप ब्याटल आउँदा जताततै -यापै-याप चलेको थियो। त्यसपछि भ्लग चल्दा भएजति सबै भ्लगर भा’ थिए। जे चल्छ, त्यसैको पछाडि लाग्छन्। सबैलाई कमेडी गर्न सजिलै लाग्ला तर सोचेजस्तो सजिलो चैँ छैन। स्ट्यान्डअप कमेडी साथीभाइलाई क्याफेमा राखेर हँसाएजस्तो भने हुन्न।

भनेपछि हँसाउन गाह्रै छ ?
गाह्रै छ। तर आफ्नो एउटा इमेज भइसकेपछि दर्शक आफैँ हाँस्नुहुन्छ। नत्र नर्मल्ली त हँसाउन गाह्रो हुन्छ।

दर्शक के गर्दा हाँस्दा रहेछन् त ?
हँसाउने आ–आफ्नो तरिका हुन्छ। कसैले मिमिक्री गरेर हँसाउनुहुन्छ, कसैले हाउभाउ देखाएर। हामीले त बोलेर मात्र हँसाउने हो। हाम्रोमा सीमित एक्सप्रेसन हुन्छ। स्टेजमै लड्दिन मिल्दैन। नक्कली जुँगा हाल्ने, प्रप्सहरु प्रयोग गर्दैनौं। नर्मल्ली बोलेर नै हँसाउँछौं। धेरै अश्लीलताको प्रयोग गर्दैनौं, हल्का त हुन्छ। कुनै जात, धर्म, सम्प्रदायको चित्त दुखाउने मजाक गर्दैनौं।

तपाईंहरुको सोमा अश्लीलता हुँदैन भन्न खोज्नुभएको ?
हाम्रो भिडियो घरमा बाउआमालाई देखाउनुपर्छ नि त ! ल बाउ आमाले मुख छाडिस् भन्नु र, कोही छिमेकीले युट्युबमा तपाईँको छोरा मुख छाडिरा’थियो भन्नेमा फरक हुन्छ नि ! समाजको रेस्ट्रिक्सन भन्ने पनि हुन्छ। आफूलाई पनि कसैलाई सोको भिडियो देखाउँदा गर्व होस् न ! बाबुआमाले पनि थुक्क मूला यस्तो गर्दै हिँड्या रहेछस् नहोस् भन्ने हो। हामी पनि कतैकतै डबल मिनिङहरु छुस्स युज गरिरहेका हुन्छौं। क्रिन्जी पाराले अरुको अगाडि सुन्नै नसकिने खालको त बोल्दैनौँ। अरुले त बबाल बोलेका छन्। त्यो पनि एउटा राम्रै पक्ष हो। हामीले बोल्न नसकेको कुरा उहाँहरुले गरिरहनु भएको छ। हामीलाई त परिवार र समाजको डर लाग्छ। समाजको रियाक्सनदेखि डर लाग्छ। अरुहरु त्यो डरलाई चिरेर अघि बढ्नुभएको छ। त्यसले भविष्यमा कस्तो असर गर्ला भन्ने हो।

त्यो पनि एउटा पाटो त हो नि, हैन ?
होला। तर दर्शकलाई स्ट्यान्डअप कमेडी भनेको छाडै हो, मुखै छाड्नुपर्छ भन्ने लाग्यो भने त राम्रो हैन नि ! अहिले युवाहरुमा बोल्दाबोल्दै स्ल्याङ युज गर्नु सामान्य नै भइसकेको छ। तर ठाडै शब्दको प्रयोग कति जायज हो, यो पाटोबारे बहस आवश्यक छ।

अन्य कमेडियनले समाजको रेस्ट्रिक्सन तोड्न खोजेको हुन पनि सक्छ। तर पछि कालान्तरमा मुखै छोड्नु, सेक्स जोक मात्र कमेडी हो भन्ने भयो भने त यो क्षेत्रका लागि पक्कै राम्रो हैन।

सेक्स जोक, अश्लीलताबिना पनि कमेडी गर्न सकिन्छ र ?
सकिन्छ नि ! हामी भन्दा अगाडि कमेडी गरिरहनु भएका हरिवंश, मदनकृष्ण, शैलेन्द्र शिंखडा, मनोज गजुरेलले बिना भल्गारिटी पनि यत्रो वर्षदेखि कमेडी गरिरहनु भएकै छ। अश्लीलतातिर बढी नै गयो भने त्यतैतिर जान्छ। त्यस्तै बिक्छ नि नेपालमा फेरि। अब १५ वर्षदेखि संघर्षरत हिरोइनभन्दा १५ दिनमा अर्चना पनेरु हिट भइदिन्छ। कति राम्रो लोकदोहरी गीत आइरहेको हुन्छ बजारमा, तर ‘लुतो हो कि पीलो’ हो भन्ने गीत हिट भइदिन्छ (हाँस्दै)।

ठीकै हो। जे बढी लुकाउन खोजिन्छ, व्यक्तिहरुलाई त्यसैमा बढी चासो हुन्छ। तर सेन्सरै गर्नु पनि राम्रो हैन नि कलामा हैन ?
समाजलाई त हेर्नै प-यो नि ! नेपालमा साइको छ के मान्छेहरु ! जस्तो भनुम् न, म बाहुन भएँ, मैले बाहुनको विषयमा जोक बनाएँ भने त्यत्ति विरोध हुन्न। बाहुनको बारेमा बाहुनले उडायो भनेर मजा लिन्छन्। तर मैले तामाङको बारेमा केही भन्देँ मात्र भने, तामाङको बारेमा यस्तो भन्नी भनेर तामाङहरु रिसाइहाल्नुहुन्छ। मधेसीको बारेमा केही भने उहाँहरु रिसाउनुहुन्छ। त्यही भएर यस्तो विषयमा सोच्नुपर्ने हुन्छ। मैले त्यसो गरेँ भने तँ यस्तो कुरा गर्ने, फुच्चे हिरो हुन खोजेको भनेर धम्की आउँछ।

धम्की पनि आउँछन् ? कस्ता कस्ता धम्की आए त ?
मलाई त्यस्तो बबाल धम्की आएको छैन। हामीसँगै काम गर्ने केटाहरुलाई सोचेर बोल, तँलाई बाटो हिँड्दा नराम्रो होला भनेर धम्की आएको थियो। खासमा त्यति सारो रिसाउने विषय नै हुँदैन। तर पनि हिरो दादागिरी देखाइदिन्छन्। केस हाल्दिन्छु भन्नेहरु पनि छन्। राम्रो गर्दागर्दै पनि बाटोमा हिँड्दा हानिदिन्छु भन्दा कस्तो कस्तो लाग्छ।

खुलेर हँसाउन त गाह्रो रहेछ है ?
पूरै फ्रि भएर गर्न गाह्रो छ। राजनीतिक कमेडी ग-यो भने पोलिटिकल प्रेसर आइहाल्छ। डाइरेक्ट नआए पनि भातृ संगठनबाट आइदिन्छ। यस्तो दुःख गरिरहेको हुन्छ, मूला हाम्रो बारेमा उडाएर बसिरहेको छ भन्ने मेन्टालिटी छ अझै हामीमा। कमेडीलाई पनि सिरियसली लिइदिन्छन्।

प्रनेश गौतमको केसपछि त झनै सेन्सर गरियो होला नि ?
उहाँलाई त्यस्तो केस पर्नु भन्दा अगाडि धेरै केसबाट गुज्रिसकेका थियौँ हामी। हामी कम्प्रोमाइज गर्दै अघि बढ्यौं। उहाँको केसमा, डाइरेक्टरले केस हाल्दिन्छु भन्नुभयो। उताबाट पनि बालै भएन हाल्देन त भन्ने टाइपले दुईजनाको इगो जुध्यो। सुरुमै कम्प्रोमाइज भएको भए यस्तो हुन्थेन।

हाम्रो भने कम्प्रोमाइज गरेर अघि बढ्ने बानी छ। बरु अलिकति झुके झुकौं भन्ने भएर हो। नत्र भए त्यस्तो लफडाहरु त परिरहेको हो धेरैपल्ट। समूह नै रिसाउनुभएको केस पनि छ। हाम्रो भने लिगल एड्भाइजरहरु हुनुहुन्छ।

लेडिज कमेडियन हुनु राम्रो हो नि ! हाम्रो समूहमा पनि शिष्टता हुनुहुन्छ तर कुनै लेडिजले अश्लील कमेडी प्रयोग गरेको छ भने अन्य लेडिज कमेडियनलाई त्यसले नराम्रो असर परेको देखेको छु। तँ पनि त्यस्तो जे पायो त्यही कमेडी गर्न जाने हो ? भनेर घरमा -याक गर्ने गर्छन्। त्यही कारण अहिले स्ट्यान्डअप कमेडी गर्न केही लजाउनुपर्ने अवस्था छ।

प्रनेश गौतम पक्राउबारे तपाईंको धारणा ?
बोलेकै आधारमा पक्राउ गर्नु ठीक हैन तर बोल्ने अधिकारको उपयोग गर्दा, समाज, अवस्था, कानुनको पनि ख्याल त गर्नैपर्छ।

सम्झौता धेरै गर्नुहुन्छ जस्तो पो देखियो। हो ?
हो। किनभने यो ठाउँमा पछिसम्म टिक्ने मन छ। रिलेसन बिगार्दै जाने होइन, बनाउँदै जाने हो।

फ्यानको रियाक्सन कस्तो आउने गरेको छ ?
फ्यान भन्न चाहन्नँ, मन पराइदिने शुभचिन्तक, दोस्तहरु भन्छु म त। कहिलेकाहीँ एयरपोर्टमा ती दोस्तहरुले मलाई देख्दा छक्क पर्छन्। ल, ‘दोस्त दाइ’ पनि यहाँ काम गर्नुहुँदोरहेछ भनेर खुसी मान्नुहुन्छ। उहाँहरुले युट्युबमा देख्नुहुँदा यसको विलासी जीवन होला भन्ने सोच्नुहुन्छ होला तर एयरपोर्टमा नर्मल काम गरेको देख्दा ‘ल दाइ विश्वासै लागेको छैन’ भन्नुहुन्छ। मलाई त बानी नै परिसक्यो।

फुलटाइम स्ट्यान्डअप कमेडीमै लाग्ने विचार छैन ?
पहिला स्ट्यान्डअप कमेडी पार्टटाइमको रुपमा गर्थें। एयरपोर्टको काम फुलटाइम थियो। अहिले ठ्याक्कै उल्टिएको छ। एयरपोर्ट पार्टटाइम, स्ट्यान्डअप कमेडी फुलटाइम। सुरुमा त साथीहरुलाई हँसाएजस्तै गरी दर्शक हँसाइयो। स्क्रिप्ट लेखेर गरिएन। अहिले स्क्रिप्ट लेखेर, रिहर्सल गरेर गर्छु।   

भनेपछि अब नेचुरलको साटो स्क्रिप्टिङतिर लागेको ?
हो। स्क्रिप्ट भयो भने कहाँ सुरु गर्ने, कसरी टुङ्गाउने भन्ने हुन्छ। कुनै झमेला पनि आउँदैन पनि।

स्क्रिप्ट भन्दा त नेचुरल राम्रो हैन र ?
 हो तर म त बोल्नेबित्तिकै दर्शक हाँस्नुहुन्छ। खोई, किन हाँस्नुहुन्छ, म आफैँ छक्क पर्छु।

कमेडीमा विशेषगरी कस्ता विषयमा जोड दिनुहुन्छ ?
सोसल इस्यु उठाइरहेका हुन्छौँ। राजनैतिक विषय पनि उठाइरहेका हुन्छौं अलिअलि। खाडी र रेमिटेन्सको पनि विषय उठाएको थिएँ। निर्मला हत्याकाण्डको कुरा पनि छुस्स उठाएका छौँ।

अहिले त लेडिज कमेडियन पनि बढे है ?
लेडिज कमेडियन हुनु राम्रो हो नि ! हाम्रो समूहमा पनि शिष्टता हुनुहुन्छ तर कुनै लेडिजले अश्लील कमेडी प्रयोग गरेको छ भने अन्य लेडिज कमेडियनलाई त्यसले नराम्रो असर परेको देखेको छु। तँ पनि त्यस्तो जे पायो त्यही कमेडी गर्न जाने हो ? भनेर घरमा -याक गर्ने गर्छन्। त्यही कारण अहिले स्ट्यान्डअप कमेडी गर्न केही लजाउनुपर्ने अवस्था छ। तर, यो क्षेत्रमा लेडिजहरु आउनुपर्छ। क्षणिक चर्चाको योजना भन्दा लामो रेसको घोडा हुनेगरी आए राम्रो।

Leave A Comment