नाएरमा नयाँ नेतृत्व

आइतबार, २६ साउन २०७६, ०१ : ४२ शुक्रवार
नाएरमा नयाँ नेतृत्व

नेप्लिज एसोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ्स (नाएर) ले आफ्नो अधिवेशन गर्दै नयाँ नेतृत्व चयन गरेको छ। नाएरको अध्यक्षका लागि विज्ञान श्रेष्ठ चुनिएका छन्। उपाध्यक्षमा प्रेम पाण्डे, महासचिवमा उद्धव खड्का, कोषाध्यक्षमा अनन्त पौड्याल र कार्यकारी सदस्यमा विराज पाण्डे चुनिएका छन्। नवनिर्वाचित पदाधिकारीको पदावधि दुई वर्षको हुनेछ।

नाएरले नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउने शैक्षिक परामर्शदाता कम्पनीहरुको विश्वसनीयता, गुणस्तरीयतामा विशेष ध्यान दिँदै आएको छ। नाएर स्थापना भएको दुई वर्षमा नाएरले अर्को संस्था एसोसियसन अफ नेप्लिज अल्मुनी फ्रम अष्ट्रेलिया (आना) र नेपाल अष्ट्रेलियन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (नाक्की)सँग सहकार्य गर्दै आएको छ। यसपटक पनि नाएर र आना मिलेर छिट्टै ‘कम ब्याक होम’ नामको क्याम्पेन शुरु गर्ने तयारी गरेको संस्थाले जनाएको छ।

 

Leave A Comment