काठमाडौंमा नेदरल्याण्डको मेक अप स्टुडियो

आइतबार, २६ साउन २०७६, ०७ : ४३ शुक्रवार
काठमाडौंमा नेदरल्याण्डको मेक अप स्टुडियो


काठमाडौं स्कुल अफ मेकअप स्टुडियोले काठमाडौंको अनामनगरमा मेकअप स्कुलको सुरुवात गरेको छ । मेकअप स्टुडियो प्रोफेसनल एम्सर्टडमको सहकार्यमा स्टुडियो सुरु गरेको हो । स्कुलको सफ्ट लञ्चमा ब्राइडल मेकअपसम्बन्धी मास्टर क्लासको प्रशिक्षण दिन कलकत्ताबाट मेकअप आर्टिस्ट नर्मता शर्मा आएकी थिइन् ।

मास्टर क्लासमा सहभागी हुन देशका विभिन्न भागका ख्यातिप्राप्त ब्युटिसियन आएका थिए । प्रशिक्षण ४ दिनसम्म चलेको थियो । मेकअप स्कुलका निर्देशक मिना महतका अनुसार अन्तर्राष्ट्रिय मेकअपमा करिअर बनाउन चाहने जो कोहीले तालिम लिन सक्ने र सबै प्रोडक्टहरु मेकअप स्टुडियो एम्र्टडडमको प्रयोग गरिनेछ ।
 

Leave A Comment