‘व्यंग्यले समाज परिर्वतन गर्छ’

सोमबार, २७ साउन २०७६, १२ : ३३ शुक्रवार
‘व्यंग्यले समाज परिर्वतन गर्छ’

हरिवंश आचार्य

म सानो हुँदा गाईजात्रामा मानिसहरु गाईको सिंह लगाएर हिँड्थे। हाँसो उठाउने अनौठा लुगा लगाएर हिँड्ने गर्थे। अब त्यही कुरालाई संस्थागत रुपले पर्वको रुपमा मनाउनु प-यो भनेर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०३३ सालमा गाईजात्रा महोत्सव भनेर पब्लिक सो ग-यो।

त्यो बेला पञ्चायती व्यवस्था भएका कारण व्यंग्य हान्न दिँदैन थियो। अलिकति पनि व्यंग्य भयो भने समातेर लगिहाल्थ्यो। सत्यमोहन जोशी, डिल्लीबहादुर मल्ल, सूर्य विक्रम ज्ञवाली, माधव घिमिरेहरु प्रतिष्ठानको पदाधिकारी हुनुहुन्थ्यो। उहाँहरुले नै ह्युमर आर्टिस्टहरुलाई बोलाएर कार्यक्रम देखाउने गरिन्थ्यो। एक दिन रोयल सो हुन्थ्यो, राजालाई देखाउने सो। सात दिनसम्म चल्ने कार्यक्रममा स्टेजमा व्यंग्य गर्न छूट दिएको हुनाले यसको महत्व बढ्दै जान थाल्यो। यसको १ वर्षपछि मैले पहिलो गाईजात्रा महोत्सव हेरेँ। त्यो बेला म १६ वर्षको थिएँ। त्यसपछि अर्को वर्ष मलाई पनि सहभागी हुन मन भयो। त्यसपछि मैले स्क्रिप्ट बनाएँ। स्क्रिप्ट लगेर  प्रज्ञा भवनमा दिनुपथ्र्यो।

स्क्रिप्ट पास भएको मान्छेलाई प्रज्ञा भवनमा बोलाइन्थ्यो। पदाधिकारीहरु र अन्य प्राज्ञ बसेर टेस्ट गर्नुहुन्थ्यो। मेरो स्क्रिप्टको टेस्ट पास भयो। पहिलो दिन राजालाई देखाउने सो हुन्थ्यो। त्यसअघि ग्रान्ड रिहर्सल हुन्थ्यो। आफन्तलाई पास दिएर ग्रान्ड रिहर्सल हुन्थ्यो। भोलि राजालाई देखाउँदा मिस्टेक नहोस् भनेर रिहर्सल सो गरिन्थ्यो। मेरो प्रोगाम छानियो। प्रोगाम देखाउन पाएँ। अनि त्यसपछि मैले प्रोगाम देखाए बापत त्यो वर्ष नौ हजार रुपैयाँ पारिश्रमिक पाएँ। गोल्ड मेडल पनि पाएँ। त्यसपछि लगातार तीन वर्ष गाईजात्रा महोत्सवमा भाग लिएँ। तीन वर्ष नै गोल्ड मेडल जितेँ। त्यो बेला नौ हजार भनेको त, अहिले तुलना गर्नै सकिँदैन।

नौ हजार पैसा पाउन थालेपछि त म त पल्केँ। ठ्याक्कै दशैंअगाडि पैसा पाइन्थ्यो है ! त्यसपछि त वर्षैपिच्छे मिहिनेत गर्न थालेँ। पछि मदन दाइहरुसँग चिनजान भयो। त्यसपछि हास्यव्यंग्यका अन्य स्टारहरु राजपाल थापा, यादव खरेल, गोपालराज मैनालीलाई चिनेँ। पञ्चायत व्यवस्था हुञ्जेलसम्म वर्षैपिच्छे महोत्सव हुन्थ्यो।

जब पञ्चायत व्यवस्था सकियो, वाक स्वतन्त्रता भइसक्यो भनेर प्रज्ञा भवनले त्यो कार्यक्रम गर्न छोड्यो। अब पञ्चायत कालमा पो, बोल्न र सरकारलाई व्यंग्य गर्न पाइँदैन थियो। त्यै भएर गाईजात्राको अवसरमा बोल्थे। अब त बोल्न कुनै छेक थिएन। प्रज्ञा भवनले गर्ने त्यो कार्यक्रमको गरिमा नै छुट्टै हुन्थ्यो। सरकार आयोजक भएर पनि हुनसक्छ। पछि व्यक्तिगत रुपमा र सामूहिक रुपमा पनि गाईजात्रा महोत्सव सुरु गरियो। अहिले पनि प्रज्ञा भवन र अन्य ठाउँमा गाईजात्रा महोत्सव भइरहेको हुन्छ। त्यो बेला मनोरञ्जनको अरु माध्यम पनि थिएन।

भोलि राजालाई देखाउँदा मिस्टेक नहोस् भनेर रिहर्सल सो गरिन्थ्यो। मेरो प्रोगाम छानियो। प्रोगाम देखाउन पाएँ। अनि त्यसपछि मैले प्रोगाम देखाए बापत त्यो वर्ष नौ हजार रुपैयाँ पारिश्रमिक पाएँ। गोल्ड मेडल पनि पाएँ। त्यसपछि लगातार तीन वर्ष गाईजात्रा महोत्सवमा भाग लिएँ। तीन वर्ष नै गोल्ड मेडल जितेँ। त्यो बेला नौ हजार भनेको त, अहिले तुलना गर्नै सकिँदैन।

त्यो बेला भदौ महिनामा महोत्सव हुन्थ्यो। पानी झमझम परिरहेको हुन्थ्यो। त्यै पनि गाईजात्राको कार्यक्रम हेर्न दर्शक मरिहत्ते गर्थे। टिकट लिने लाइन बिहान ४ बजेदेखि हुन्थ्यो। एक जनालाई २ ओटा सिट दिइन्थ्यो। १ हजार रुपैयाँँको सिट हुन्थ्यो। पानी परेको बेला पनि टिकटका लागि लाइनबाट मान्छे हल्लिन्थेन। त्यो बेला गाईजात्रा हेर्नेको पनि ठूलो महत्व हुन्थ्यो। अब त्यो बेला टेलिभिजन नै थिएन। रेडियो थियो। अनि पत्रपत्रिकाहरुले मन्त्रीहरुलाई बोका बनाएर, साँढे बनाएर छाप्थे। त्यो बेला गोरखापत्र दैनिक, नयाँ सन्देश, मातृभूमि भन्ने साप्ताहिक पत्रिकाहरुले मज्जैले गाईजात्रा मनाउँथे, व्यंग्य कसेर ! पत्रिकामा अरुलाई व्यंग्य गरेको कार्टुन, कविता पढ्न पाठक निकै रमाइलो मान्थे।

डबली
पहिला डबलीमा धेरै हास्यव्यंग्य हुन्थ्यो। विशेष गरेर नेवारी भाषामा धेरै कार्यक्रम हुन्थे। डबलीमा हास्यव्यंग्य प्रस्तुत गर्ने चलन भने काठमाडौँमा मात्रै थियो। अन्यत्र जिल्लामा त्यस्तो चलन थिएन। काठमाडौंमा त्यसलाई ‘दबु प्याँख’ भनिन्थ्यो।

राति चोकचोकमा बत्ती बालेर कार्यक्रम गरिन्थ्यो। त्यो बेला अभिनय गर्ने महिला कमै थिए। त्यसैले हिरोइनको भूमिका पनि लोग्नेमान्छेले नै गर्थे। सारी चोलो लगाए नक्कली कपाल लगाएर अभिनय गरिन्थ्यो। जसले रंगमञ्चमा प्रस्तुत गर्न सक्थेनन्, उनीहरु सडकमा व्यंग्य प्रस्तुत गर्थे।

त्यही २०४५/४६ सालतिरको कुरा हो। टेलिभिजनमा व्यंग्य पनि सेन्सर हुन्थ्यो। मदन दाइ र मैले ‘फिप्टी फिप्टी’ भन्ने टेलिसिरियल बनाएका थियौँ। त्यसमा अलिअलि व्यंग्य हुन्थ्यो। त्यसमा पनि राजा र पञ्चायतलाई व्यंग्य पर्ला भनेर सेन्सर हुन्थ्यो।

स्टेज प्रोगाम पनि गथ्र्याैं। संसारभर गएर हामीले कार्यक्रम ग-यौँ। ह्युमर प्रोगामलाई व्यावसायिक बनाउन सानोतिनो भूमिका खेल्यौँ जस्तो पनि लाग्छ। त्यो बेला स्टेजमा कार्यक्रम गर्दा ५ सय रुपैयाँ लिने गथ्र्यौं। पछि त एक लाख रुपैयाँसम्म लिन थाल्यौं।

हाम्रो अडियो क्यासेट बिक्री भएर नै हाम्रो जीवनमा परिवर्तन आयो। घर बनाउने पैसा पाइयो। क्यासेटले हामीलाई सम्पन्न बनायो। त्यो बेला टिभी थिएन। युट्युब नभएको भए हाम्रो नामो निशान हुन्थेन। त्यो हाम्रो पहिलाको सोहरु हामीले युट्युबमा राखेर अहिलेको दर्शकले चिन्नुभयो। अहिले कमेडी क्षेत्रको विकास भइरहेको छ। संसारभरको कमेडी भन्दा हाम्रो नेपालको कमेडी पनि कम छैन।

पछिल्लो समय कमेडीमा छाडापन घुसेको गुनासो नआएको होइन। सभ्य कमेडी सो पनि कम छैनन्। फेरि छाडापनको कुरा नेपालको मात्र समस्या होइन, विश्वमै पनि ट्रेन्डिङमा छ।

व्यंग्यले सामाजिक, राजनैतिक, मनोवैज्ञानिक परिवर्तन ल्याउन सक्छ। समाज परिवर्तन गर्न सक्छ। कमेडीमा धेरै ठूलो शक्ति हुन्छ। यो शक्तिलाई बुझ्न आवश्यक छ। पस्तुतीःरीना माेक्तान

Leave A Comment