बहुप्रतिक्षित फिल्म ‘साहो’को ट्रेलर सार्वजनिक, प्रभासको एक्सन अवतार

सोमबार, २७ साउन २०७६, ०२ : ३३ शुक्रवार
बहुप्रतिक्षित फिल्म ‘साहो’को ट्रेलर सार्वजनिक, प्रभासको एक्सन अवतार

बलिउड अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’ ट्रेलर सार्वजनिक भएको छ। शनिबार साँझ सार्वजनिक ट्रेलरमा प्रभासको जबरजस्त एक्सन अवतारमा देख्न पाइन्छ।

बहुचर्चित फिल्म बाहुबलीपछि प्रभासले खेलेको यो पहिलो फिल्म हो। ट्रेलरमा हलिउड स्तरको जबरजस्त एक्सन छ। यो फिल्ममा प्रभास एक अण्डरकभर एजेन्टको भूमिकामा देखिएका छन्, जसमाथि मिसन मुम्बईमा भएको २ हजार करोड रुपैयाँ चोरीको घटना पत्ता लगाउने जिम्मेवारी छ।

फिल्ममा अभिनेत्री श्रृद्धा कपुर क्राइम ब्रान्च अफिसर अमृता नैय्यरको भूमिकामा छिन्। फिल्ममा ज्याकी श्राफ, चंकी पाण्डे, महेश मांजरेकर र नील नितिन मुकेश खलनायकको भूमिकामा छन्। यो फिल्म एक स्पाई ९जासुस० थ्रिलर हो, जसमा भरपुर एक्सन देख्न पाइने छ।

Leave A Comment