इन्स्टामा हिट, पर्दामा फ्लप

बुधबार, २९ साउन २०७६, ०३ : ०८ शुक्रवार
इन्स्टामा हिट, पर्दामा फ्लप

अब अर्काको शरीरको के कुरा गरेको भन्ने होलान् तर के गर्नु त हो? सेलिब्रिटीको बान्कीको हल्का चर्चा गर्नु नै प-यो। अझ जसले चर्चाका लागि अभिनयमा भन्दा देह दर्शनलाई नै बढी उपयोग गर्छन्, अब उनीहरुको अभिनयको मात्र चर्चा कसरी होस् ? नपत्याए साम्राज्ञी राज्य लक्ष्मी शाहलाई नै हेरौँ न।

मध्यम जिउडालकी उनी कतै सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पर्दामा देखिने नायिका साम्राज्ञी उनै हुन् भनेर चिन्नै मुस्किल मुस्किल हुन्छ। अनुहार त ठिकठाकै हो, अभिनय ध्वस्त। तैपनि चर्चामा भने आइरहन्छिन् उनी।

धन्न इन्स्टाग्राम आइदियो। अनि प्याचअप, ब्रेकअपको खेला जारी रह्यो। विदेश टुर जुरिरह्यो। यत्ति हो त हो साम्राज्ञीको चर्चाको सहारा ? बालीमा उनले गरेको बबाल हेरौं त। फिल्मी दृश्यभन्दा पनि बोल्ड छन् उनका चर्तिकला।

पहिला रात्रिकालीन व्यापारी मयंक खड्कासँग चक्करमा रहँदा यत्ति साह्रो बोल्ड अवतार देखाएकी थिइनन्। एक पटक आएको भनेको त्यही स्तनमुनिको ट्याटुको विवाद मात्र हो। प्रेम त उत्कर्षमै थियो। खै केमा पुगेर खटपट प-यो कुन्नी, च्वाट्टै छोडिदिइन्। सामाजिक सञ्जालतिर आएका मयंकको स्टाटसले ‘शंका बढी ग-यो’ भन्ने निहुँ देखियो।

मयंकसँगको ब्रेकअपले उनको मनमा त्यत्ति चोट प-या रै’नछ। ब्रेकअपको केही महिनामै अर्का युवासँग देखिन थालिहालिन् उनी। देवांश जंग बहादुर राणा थिए उनी। व्यापारिक घरानाका पुत्र। नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाको छोरा।

देवांशसँगको अफेयर्सपछि त कुरै नगरौं कस्ता कस्ता फोटा आए आए ! पूरै त्यो अमेरिकी सिरियल थियो नि, ‘बे वाच’ टाइमको ! समुद्री किनारामा पूरै राशलीलामा मग्न। कहिले कता समातेको, कहिले कता समातेको।

देखाउनेले देखाइदिए सामाजिक सञ्जालमार्फत, हेर्नेले चैँ किन आँखा छोप्नु ? हेरिदिए मज्जैेले। इरोटिक पोजका तस्बिर हिट पनि भए। तर के गर्नु ? उनको फिल्म हिट हुने छाँट भने अझै देखिन्न। ‘मारुनी’ क्यु मा छ। यसको हालत के हुने हो हेर्दै जाउँ।

Leave A Comment