ट्वान्टी–२० क्रिकेट शृंखला, आइसिसीले चान्स दियो नेपाललाई

शनिबार, ३२ साउन २०७६, १० : ३२ शुक्रवार
ट्वान्टी–२० क्रिकेट शृंखला, आइसिसीले चान्स दियो नेपाललाई

ग्लोबल क्वालिफायर छनोट खेलमा तेस्रो भएर स्वदेश फर्किए पनि नेपालले ओमानमा हुने पाँच राष्ट्रको ट्वान्टी–२० क्रिकेट शृंखला खेल्न पाउने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको अनुमतिपछि अब नेपालसहित हङकङ, संयुक्त अरब इमिरेट्स (युएई), नेदरल्यान्ड्स र आयरल्यान्डसमेत खेल्ने पक्का भएको हो। प्रतियोगिता असोज १८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ।

नेपाली टोली विश्वकप छनोटअन्तर्गत ग्लोबल क्वालिफायर पुग्न असफल भएपछि शृंखला सहभागिताको सम्भावना सकिएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाललाई खेल्न अनुमति दिएपछि विश्वकप छनोटको अभ्यास खेलका रूपमा पनि हेरिने प्रतियोगितामा नेपालसमेत खेल्ने भएको हो।

नेपालले पहिलो खेल असोज १९ मा हङकङसँग खेल्नेछ। दोस्रो खेल नेदरल्यान्ड्सँग असोज २० मा र तेस्रो खेल असोज २३ मा आयरल्यान्डसँग खेल्ने  छ। प्रतियोगिताको अन्तिम खेल ओमानसँग हुने छ।

Leave A Comment