माछापालनविरोधी पामेला

बिहिबार, २० साउन २०७३, ११ : ०९ शुक्रवार , Kathmandu
माछापालनविरोधी पामेला

हलिउड अभिनेत्री पामेला एन्डरसन माछापालनको विरोधमा उभिएकी छिन् । माछाहरूको जीवनरक्षाका लागि उनी माछापालनविरोधी अभियानसँग जोडिन पुगेकी भने होइनन् ।
पामेलाले समुद्रका माछा मात्र सेवन गर्न सबैसँग आग्रह गरेकी छिन् । ‘समुद्रका माछा खानु स्वास्थ्य र पर्यावरण दुवैका दृष्टिकोणले राम्रो हो । पालेका माछा खाने गरेमा स्वास्थ्य र पर्यावरण दुवैलाई हानि पुग्छ । त्यही भएर म सबैलाई सीधै समुद्रका माछा खान आग्रह गर्छु,’ पामेलाले भनिन् ।   
समुद्रमा व्यावसायिक रूपमा माछापालन गर्ने क्रम बढ्न थालेपछि विषादि आदिको प्रयोगले समुद्र र मानव स्वास्थ्यमा खराबी उत्पन्न भइरहेको चर्चा चलिरहेका बेला पामेलाले यस्तो बताएकी हुन् । प्राकृतिक रूपमा समुद्रमा पाइने माछा सबैको रोजाइमा पर्नुपर्ने उनको भनाइ छ ।

 

Leave A Comment