तान्जिनियाका गभर्नरको अनौठो घोषणा

शनिबार, ०७ भदौ २०७६, ११ : ४३ शुक्रवार
तान्जिनियाका गभर्नरको अनौठो घोषणा

संसारभर नै पतिपत्नीबीचको सम्बन्धमा धोका दिने वा वैवाहिक सम्बन्ध भइकन पनि अन्यत्रै आँखा लगाउने बानी छ। यस्तो अवस्था पछिल्लो समय अफ्रिकी मुलुक तान्जानियामा अझ चर्को रुपमा बढेको भन्दै गुनासो बढ्न थालेपछि त्यहाँका गभर्नरले विवाहित पुरुष कुनै ‘बदमासी’ गर्न ननिस्कियोस् भनेर अनौठो कुरा लाद्ने निर्णय गरेको छ।

खबरअनुसार, आफू विवाहित हुँदाहुँदै पनि अर्काकी पत्नी वा कुनै स्त्रीलाई आँखा गाडेको खण्डमा त्यस्ता व्यक्तिलाई ‘बेइज्जत’ गर्नका लागि एउटा विशेष किसिमको डाटाबेस बनाउने र तिनलाई पछ्याउने सफ्टवेयर बनाउनुपर्ने भनी त्यहाँका गभर्नरले बताएका छन्।

पल मकोन्डा नामक यी गभर्नर तान्जानियाको राजधानी दारे सलामको क्षेत्रीय कमिस्नर हुन्। प्रायः पुरुषहरुले महिलालाई आफू अविवाहित रहेको बताउँदै फँसाउने गरेको र यौन सम्बन्ध राखिसकेपछि हराउने गरेको गुनासो चर्को रुपमा राख्न थालेपछि पुरुषहरुलाई ‘बाँध्न’ ढिला भइसकेको भनाइ राखेका हुन्। यसका लागि तिनलाई ट्र्याक गर्नुपर्ने बताएका हुन्।

‘अहिलेको सबैभन्दा ठूलो समस्या भनेको केटाहरुबाट धोका पाएका महिलाहरुले पीडाको मल्हम पाऊन् भन्ने हो,’ द डेली टेलिग्राफलाई मकोन्डाले भनेका छन्, ‘एउटा ठूलो महिला जगत यस किसिमको धोकाको पीडाबाट गुज्रनु राम्रो संकेत होइन।’

‘त्यसैले सम्भव भएसम्म हामी यस्तो डाटाबेस बनाउने तयारीमा छौँ, जसले कुनै स्त्री जातिले जान्न खोजेको बेला ती व्यक्तिका बारेमा सबै जानकारी पाउन सकून्,’ उनले भने, ‘पुरुषको वैवाहिक सम्बन्ध, कति सन्तान, के जागिर खाइरहेको छ भन्ने जस्ता आधारभूत सूचना सर्वत्र हेर्न मिल्ने गरी राख्न सकिन्छ।’

तर यस किसिमको तथ्याङ्कमा जनताको गोपनीयताको हक सुरक्षित हुने हो कि होइन भन्ने विषयमा पनि उत्तिकै छलफल चलिरहेको छ।

‘महिलाहरुले साह्रै गुनासो गरेका छन् र यो संख्या निकै ठूलो छ,’ मकोन्डाले भने, ‘एक जना व्यक्तिले दर्जनौँ युवतीलाई झुक्याएर फाइदा लुटेको पाइएको छ। यस्तो अवस्था त रोक्न जरुरी नै भइसकेको छ। केटी फँसाउने, विवाह गर्ने झाँसा दिने, लामो समयपछि तिनलाई छाडिदिने गर्नाले महिलाहरुले आत्मविश्वास गुमाउन थालेका छन्।’

यता तान्जानिया सरकारले भने मकोन्डाको भनाइलाई उनको निजी धारणा भएकाले उनका भनाइमाथि तत्काल कार्बाही हुने सम्भावना नरहेको बताएको छ।
असल कुरा सोच्दा पनि धर छैन बा !

Leave A Comment