लोकनृत्य कलाकार संघमा केसबहादुर

शनिबार, ०७ भदौ २०७६, ०१ : ५७ शुक्रवार
लोकनृत्य कलाकार संघमा केसबहादुर

पोखरा क्षेत्रका लोकनृत्य विधामा क्रियाशील कलाकारहरुको बृहत् भेलाले लोकनृत्य कलाकार संघ तदर्थ समिति गठन गरेको छ। भेलाले केसबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा सनबहादुर गुरुङ, महासचिव डबिन गुरुङ, सचिव माया थापा, कोषाध्यक्षमा रेशम गुरुङ चयन भएका छन्। समितिको सदस्यहरुमा आशिष पुन, राहुल थापामगर, मुना गुरुङ, राम लामा, जसु गुरुङ, प्रिती गुरुङ छानिएका छन्।

तदर्थ समिति गठनका लागि नृत्य निर्देशक मेनकाजी गुरुङको संयोजकत्वमा मनकुमार श्रेष्ठ, कर्णबहादुर गुरुङ र हुमबहादुर गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो। तदर्थ समितिका अध्यक्ष केसबहादुर गुरुङले लोक नृत्यका कलाकारहरुलाई समेट्न पहल गर्ने र छिट्टै संस्था दर्ता गर्न जुट्ने जानकारी दिए।

Leave A Comment