दोस्रो वर्षमा आइएमई लाइफ इन्स्योरेन्स

सोमबार, ०९ भदौ २०७६, ११ : ४७ शुक्रवार
दोस्रो वर्षमा आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो वर्षमा प्रवेश गरेको छ। व्यावसायिक कारोबार सञ्चालन भएको दुई वर्ष पूरा भएको अवसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा शुभकामना दिँदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताए।

यो आर्थिक वर्षमा थप शाखा विस्तार गरेर बीमित, अभिकर्ता एवं सेवाग्राहीको पहुँचलाई सर्वसुलभ, छिटोछरितो सेवा पु-याउने, मानव संशाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था तथा उत्प्रेरणा हुने खालको नीति तर्जुमा गरिने बताए।

सोही अवसरमा कम्पनीले विभिन्न संघसंस्था तथा त्यसका कर्मचारी तथा सदस्यको सुविधा तथा लाभलाई मध्यनजर गरी भर्खरै बीमा समितिबाट स्वीकृति प्राप्त नयाँ जीवन बीमालेख‘आइएमई सामूहिक सावधिक बोनससहितको जीवनबीमा योजना’ सार्वजनिक ग-योे।

Leave A Comment