नाडा अटो सोमा महिन्द्राका नयाँ मोडल

सोमबार, ०९ भदौ २०७६, ११ : ५७ शुक्रवार
नाडा अटो सोमा महिन्द्राका नयाँ मोडल

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले यस पटकको नाडा अटो सोमा महिन्द्राको पछिल्लो उत्पादन एक्सयूभी–३००’ र मराजो नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ।

महिन्द्राको लेटेस्ट एसयुभी महिन्द्रा एक्सयुभी–३०० मिड साईज एसयूभी हो। महिन्द्राको नयाँ प्लाटफर्म एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी–३०० को डिजाइन निकै आक्रामक रहेको कम्पनीले जनाएको छ।

यसमा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ्ग–लाइट, पुस स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता उपलब्ध छन्।

महिन्द्राको पहिलो एमपीभी मराजो पनि यस वर्षको नाडा अटो सोमा मुख्य आकर्षणको रुपमा रहने कम्पनीको विश्वास देखिन्छ। मराजोको डिजाइन सार्क माछाबाट प्रेरित छ भने, कारको केही भागहरू शिकारी सार्क माछाको डिजाइनबाट प्रेरित गरी निर्माण गरिएको छ।

महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ। मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, स्टायडर्ड रुपमा दुईवटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू दिइएको छ।

Leave A Comment