बैगुनीलाई ब्लुजले मार्ने !

शुक्रबार, १३ भदौ २०७६, ०९ : ४५ शुक्रवार
बैगुनीलाई ब्लुजले मार्ने !

चर्चित ब्लुज रक ब्यान्ड ‘द मिडनाइट राइडर्स ट्रीओ’ले नयाँ एल्बम ‘बैगुनीलाई ब्लुजले मार्नुपर्छ’ बजारमा ल्याएको छ। सो एल्बममा समावेश गीत ‘फङ्की काठमान्डु’को म्युजिक भिडियोलाई दर्शक तथा स्रोताले रुचाउन थालेका छन्।

काठमाडौँको परिवेश चित्रण गरिएको सो भिडियोमा एक युवाको नजरबाट काठमाडौँको सेरोफेरो र जीवनचक्र दर्शाइएको छ। निक बिष्टले काठमाडौँ नियालेका छन्, भिडियोमार्फत।

क्लब ट्वेन्टी–फाइभ आवर्समा पनि छायाँकन गरिएको यो भिडियोलाई आवेश वज्राचार्यले खिचेका हुन्। माधव बेल्बासेको सम्पादन रहेको यो भिडियोको निर्देशक अमृत सुनुवार हुन्।

Leave A Comment