सकेनन् सुजलले

सोमबार, १६ भदौ २०७६, ११ : ५९ शुक्रवार
सकेनन् सुजलले

राष्ट्रिय फुटबल टिमको कप्तान विराज महर्जन मलेसिया जाने टिमको छनोटमा नपरेपछि सुजल श्रेष्ठ नयाँ कप्तान चयन भए। उप कप्तान किरण चेम्जोङसमेत टिमबाहिर परेपछि मलेसियन लिग च्याम्पियन क्लब जोहार डारुल टाजिमसँग खेल्ने टोलीको नेतृत्वका लागि सुजल छानिए। उनले राम्रै मौका पाएका थिए नेतृत्वको कला देखाउन तर असफल भए। नतिजा १–० मा सुम्पिएर स्वदेश फर्किए।

कप्तान महर्जन फिटनेसका कारण टिममा परेका थिएनन् भने उप कप्तान नेम्जोङ जापानको क्लबमा ट्रायल दिन उतै गएपछि मैत्रीपूर्ण खेल खेल्ने टिमको कप्तानीको जिम्मा सुजलले पाएका थिए।

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाको दोस्रो चरण छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो।

नेपाली टोलीमा विकेश कुथु, एलन न्यौपाने र विशाल श्रेष्ठ, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, अनन्त तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ र रजिन धिमाल, सुनिल वल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई, विमल घर्तीमगर, विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ थिए।

Leave A Comment