म्याच फिक्सिङमा तीन खेलाडी

सोमबार, १६ भदौ २०७६, १२ : १६ शुक्रवार
म्याच फिक्सिङमा तीन खेलाडी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले हङकङका दुई खेलाडीलाई क्रिकेटमा आजीवन प्रतिबन्ध लगाएको छ। उसले इरफान अहमद र नादिम अहमदलाई क्रिकेटमा आजीवन प्रतिबन्ध लगाएको हो।अर्का खेलाडी हसिब अमजाद ५ वर्षको प्रतिबन्धमा परेका छन्।

यी खेलाडी क्रिकेटको एन्टी करप्सनको नियम उल्लङ्घन गरेकोमा कारबाहीमा परेका हुन्। आईसीसीले तीनै खेलाडी म्याच फिक्सिङ संग्लग्न भएको आरोप लगाएको छ। उनीहरुले स्कटल्यान्ड र क्यानडासँगको खेलमा म्याच फिक्सिङ गरेको आरोप आईसीसीको छ। उनीहरुले २ वर्षमा थुप्रै अन्तर्राष्ट्रिय खेलमा फिक्सिङ गर्न खोजेको समेत उल्लेख गरेको छ।

Leave A Comment