बाउको क्लबले गोल खाँदा छोरा रमाए

सोमबार, १६ भदौ २०७६, १२ : २३ शुक्रवार
बाउको क्लबले गोल खाँदा छोरा रमाए

स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राति बार्सिलोना र रियल बेटिसविरुद्धको खेलमा रमाइलो दृश्य देखियो। दर्शकलाई रमाइलो माहोल बनाएका थिए बार्सिलोनाका कप्तान लियोनल मेस्सीका छोरा माटियो मेस्सी।

चोटको कारण मेस्सी उक्त खेलमा मैदान उत्रिएका थिएनन्। प्रतियोगिताको खेल हेर्न मेस्सी छोरासहित रंगशालामा उपस्थित भएका थिए।

जब खेलको १५ औं मिनेट चलिरहेको थियो। बार्सिलोनाले गोल खान पुग्यो। बेटिसका नबिल फेकिरले गोल गरे।  आफ्नो क्लबले गोल खायो, मेस्सी केही निरास देखिए तर उनको छोरा मज्जाले रमाए।

क्लबले गोल खाँदा मेस्सीको हाउभाउ कैद गर्न उनीतिर सोझिएका क्यामराले रमाइलो दृश्य पो कैद ग-यो ‘बाउको क्लबले गोल खाँदा छोरा रमाइरहेको।’

नजिकै अर्का खेलाडी लुइस स्वारेजका  छोरा पनि सँगै थिए। उनले भने कुनै प्रतिक्रिया देखाएनन्। तर, मेस्सीको छोरा माटियोे खुसियाली मनाउन थाले।

पछि मेस्सीले आफ्नो टिमले गोल गरेको हैन भनेर माटियोलाई सम्झाएपछि उनी जिल्ल परे। तर खेल बार्सिलोनाले ५–२ गोल अन्तरले जित्यो।

Leave A Comment