युटिसीमा तीज तथा व्यापार मेला

सोमबार, १६ भदौ २०७६, ०१ : १४ शुक्रवार
युटिसीमा तीज तथा व्यापार मेला

तीजको अवसरमा राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला २०७६’ आयोजना हुने भएको छ। राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा भदौ १० देखि १४ गतेसम्म मेला हुन लागेको इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड सो नेपाल प्रालिले जानकारी दिए।  मेलाको आयोजना डिइसीसी नेपालले गरेको हो।

मेलामा काठमाडौंमा एक सयभन्दा बढी कम्पनी, संघ, संस्थाहरुको सहभागीता हुने र ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

मेला महिला उद्यमीहरुलाई अग्रपङ्क्तिमा उभ्याएर नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुने आयोजकले बताएको छ। यसपालि अन्तर्राष्ट्रिय व्यापार मेलाको रुपमा यसलाई अगाडि बढाइएको र भारत, पाकिस्तान, बंगलादेश तथा अन्य देशका स्टलहरु पनि मेलामा रहने छन्।

प्रदर्शनीलाई आकर्षक र मनोरञ्जक बनाउनका लागि फ्रि फोटो सुट, लक्कि ड्र, डोर प्राइज, निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निःशुल्क मेहन्दी लगाउने कार्यक्रम, निःशुल्क कपाल कटिङ कार्यशाला, बालबालिकाहरुका लागि गेमिङ्ग जोन, लाइभ म्यूजिक एण्ड कल्चर प्रोग्राम लगायतका कार्यक्रम राखिएको छ।

Leave A Comment