एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्का द्वय

सोमबार, १६ भदौ २०७६, ०१ : २६ शुक्रवार
एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्का द्वय

दुई पांग्रे र तीन पांग्रे सवारी साधनको निर्माता टिभिएस मोटर कम्पनीले स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ।

नेपालका लागि टिभिएसको अधिकृत वितरक जगदम्बा मोटर्स प्रालिले खड्का द्वयलाई ब्रान्ड एम्बेसेडर घोषणा गरेको थियो।

जेन जेड लक्षित टिभिएस एनटर्क १२५ नेपालमै पहिलो कनेक्टेड स्कुटर तथा स्टेट अफ आर्ट सिभिटिआई आइइभिभी थ्री भल्भ इन्जिन भएको रेसिङ पेडिग्रीमा आधारित रहेकोे कम्पनीले जनाएको छ।

गत वर्ष नै नेपालमा सार्वजनिक भएको उक्त स्कुटर सबैभन्दा तीव्र गतिमा वृद्धि हुने स्कुटर ब्रान्ड बनेको कम्पनीले जनाएको छ।

Leave A Comment