डायकलाई युइएपफ अर्वाड

शुक्रबार, २० भदौ २०७६, ०४ : ०१ शुक्रवार
डायकलाई युइएपफ अर्वाड

लिभरपुलका डच स्टार भर्जिल भान डायक ‘युइएफए प्लेयर अफ दी इयर’ घोषित भएका छन् । युरोपियन फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको समूहचरण सार्वजनिक समारोहमा युइएफएले नेदरल्यान्ड्सका रक्षक डायकलाई युइएफए प्लेयर अफ द इयरको उपाधि प्रदान गरेको हो । 

अघिल्लो सिजन युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा युइएफएले सम्मान स्वरूप ‘प्लेयर अफ द इयर’ अवार्ड पाए । उनले बार्सिलोनाका लियोनल मेसी र युभेन्ट्सका स्टार खेलाडी रोनाल्डोलाई पछि पारे । 

अवार्ड जितेका डायकले यसै सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । रुस विश्वकमा स्थान बनाउन नसके पनि नेदरल्यान्ड्सले युइएफए नेसन्स कपको फाइनलसम्मको यात्रा तय गर्दा उनको महŒवपूर्ण योगदान थियो ।
 

Leave A Comment