भट्टराईलाई पुरानो याद

शनिबार, २१ भदौ २०७६, १० : ४० शुक्रवार
भट्टराईलाई पुरानो याद

धर्मलाई अफिमको संज्ञा दिने कम्युनिस्ट सिद्धान्तबाट टाढिएका डा. बाबुराम भट्टराईले नेपालका मौलिक चाडपर्वलाई उत्तिकै महत्व दिन थालेका छन्। उनले आफ्नो फेसबुक पेजमा हालै दुई वटा फोटो पोस्ट गरे। फोटो पोस्ट गर्दै लेखेका छन्, ‘दिदी–बहिनी र बाका साथ तीजको दर, बरी लै !’ उनको स्टाटस पढ्दा उनले पुरानो फोटो पोस्ट गरेको अनुमान लगाउन सकिन्छ।

फोटो हेर्दा पारिवारिक जमघट देखिन्छ। एउटा फोटोमा परिवारका सदस्यसँगै (परिवारका सदस्यजस्तै देखिने) थालमा केही खाइरहेको देखिन्छ। अर्को फोटोमा भने आफूसहित चार जना उभिएका छन्।

उनले केही समयअघि अर्को एउटा पुरानो देखिने फोटो पनि पोस्ट गरे र स्टाटस लेखे, ‘हिजो बुबाको मुख हेर्ने दिन, आज खोज्दै जाँदा यो फोटो भेटेँ। छोरी मानुषी र म। छोरीहरुको जय होस्।’

उनको फोटो हेर्दा जवान भट्टराई पिँढीमा जुत्ता धोइरहेको देखिन्छन्। करिब ७/८ वर्षकी देखिने उनकी छोरी डेक्चीबाट जुत्तामा पानी हिल्दिरहेकी छन्। छोरीले हालेको पानीले भट्टराई जुत्ता पखालिरहेको देखिन्छ।

त्यसअघि भट्टराईले उनीकी पत्नी हिसिला यमी, छोरी मानुषीसँग खिचिएको फोटो पोस्ट गरेका थिए। हिसिलाले रातो पोते लगाएको देखिन्छ। फोटो पोस्ट गर्दै भट्टराईले लेखेका छन्, ‘बाउको मुख हेर्ने दिनमा छिमेकको तीजको रमझमपछि छोरी, आमा र बाउ !’

भट्टराईलाई आज्काल पुरानो कुराको अघोरै याद आउन थालेछ क्यारे ! नआओस् पनि कसरी ? दश वर्षसम्म भूमिगतै हुनुप-यो। अहिले त माओवाद–साओवाद छाडिसके। धर्मलाई अफिमको रुपमा लिने कम्युनिस्ट सिद्धान्तलाई उनले अब तिलाञ्जली दिइहाले। यति गरिसकेपछि त कम्तीमा धर्म/संस्कृतिको याद आउनु पनि स्वाभाविक नै हो।

चाडपर्वै मान्दैनौँ भन्ने सिद्धान्तका उनी बेलाबखत धार्मिक क्षेत्रको स्टाटससमेत हाल्न भ्याउँछन्। आखिरी भट्टराईको मन पनि त नेपाली नै हो नि ! परम्परादेखि चल्दै आएको चाडपर्व देखावटी रुपमा नमनाए पनि मनबाट त कहाँ हट्छ र !

Leave A Comment