मिस्टर एण्ड मिस कास्कीमा १५ जना

आइतबार, २२ भदौ २०७६, १० : ४८ शुक्रवार
मिस्टर एण्ड मिस कास्कीमा १५ जना

नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ अन्तर्गत तेस्रो चरणको पहिलो अडिसन सकिएको छ। ब्ल्यु रे प्रोडक्सनको आयोजनामा भएको प्रतियोगिताको पहिलो र दोस्रो अडिसनबाट १५ जना छनोट भएका छन्। छनोट हुनेमा ३ युवा र १२ युवती छन्। अडिसनबाट छनोट भएकालाई विभिन्न चरणमा प्रतिस्पर्धा गराई विजेता छनोट गरिनेछ।

प्रतियोगिताको विजेता हुने प्रतिस्पर्धीले क्राउनसहित सुजुकी स्कुटर, नगद, होलिडे प्याकेज, म्युजिक भिडियो खेल्ने अवसर र ५ लाख रुपैयाँको लाइफ इन्स्योरेन्स सेवा पुरस्कार प्राप्त गर्नेछन्।  प्रतियोगिताको फस्ट रनर अप र सेकेन्ड रनरअपले क्राउन, नगद, होलिडे प्याकेज, म्युजिक भिडियो खेल्ने र २ लाख ५० हजारको इन्स्योरेन्स प्राप्त गर्ने कार्यक्रम संयोजक सिर्जना क्षेत्रीले जानकारी दिइन्।

Leave A Comment