काठमाडौंका गजलबारदेखि सिंगापुरसम्म

मङ्गलबार, २४ भदौ २०७६, ११ : ३९ शुक्रवार
काठमाडौंका गजलबारदेखि सिंगापुरसम्म

गजलबारमा १५ वर्षदेखि गीत गाइरहेकी कलाकार हुन्, इतु जोजिजु। उनले ‘कुनै दिन तिमी बाटोमा एक्लै,’ ‘बिर्सन सजिलो भएन’ लगायत थुप्रै गीतमा स्वर दिएकी छन्। उनले भोला अधिकारीसँग बाँडेको रात्रिकालीन अनुभव :

काठमाडाैं दरबारमार्गका गजलबार हुँदै पोखराको लेकसाइडको मेलोडी गजलबार एण्ड रेस्टुरेन्टमा गीत गाउन आइपुगेकी छु। मलाई यो ठाउँमा मेरो श्रीमान् रामभक्त जोजिजुले प्रवेश गराउनुभएको हो।

पोखराको  फूलबारी रिसोर्टभित्र मसला रेस्टुरेन्टबाट मेरो नाइटलाइफ सुरु भयो। मैले गजलबारमा गाउँदासम्म रामभक्त मेरो श्रीमान् भइसक्नुभएको थिएन। निकै वर्षपछि मात्र उहाँसँग मेरो बिहे भएको हो।

गजलबारमा गाउने अफर
पोखरामा म भर्खर ब्याचलर पढिरहेकी थिएँ। स्कुलदेखि नै गीत गाउथेँ । गीत गाउदा भारतीय गीतलाई बढी फलो गर्थेँ। लता मङ्गेश्वरका गीत मलाई बढी मन पर्ने भएर कार्यक्रममा उहाँका गीत बढी गाउथेँ। नेपालीमा तारा देवी, अरुणा लामाका गीत मेरो रोजाइका गीत हुन्थे। अहिले पनि तिनै गीत गाउछु। 

मेरो आवाज सुनेर रामभक्तले पोखराकै मसला गजलबार एण्ड रेस्टुरेन्टमा गीत गाउन अफर गर्नुभयो। उहाँले पनि त्यही गजलबारमा गीत गाउनु हुँदो रहेछ। त्यो बेला रामभक्त चर्चित गायकमा चिनिइसक्नुभएको थियो। ‘उडेर जुन छुन्छु भन्थे’ भन्ने उहाँको गीत लोकप्रिय भइसकेको थियो। उहाँका थुप्रै गीत बजारमा आइसकेका थिए। मेरो कुनै पनि गीत रेकर्ड भएको थिएन। उहाँले अफर गरेपछि मेरो गजलबारमा गाउने यात्रा सुरु भयो।

बार भन्ने सुन्दै नराम्रो लाग्थ्यो
गजलबारमा गाउने भनेपछि मान्छेले हेर्ने नजर राम्रो थिएन। म पनि बार भनेको नराम्रो नै होला भनी सोच्थेँ। रामभक्त सरले गाउन अफर गरिहाल्नुभयो, नराम्रो खालको हुने रहेछ भने त छोड्नुप-यो भन्ने मनमा राखेर गजलबार छिरेँ। भिआइपी गजलबार रहेछ। पहिलोपटक गजलबार छिर्दा त कहाँ आएँ जस्तो फिल भयो।

सुरुमा २,३ वटा गीत गाउथे। बिस्तारै गाउने बानी पर्न थाल्यो। बाहिर मान्छेले अर्कै हिसाबले सोच्थेँ त्यसैले सुरुवातको समयमा गजलबारमा भाइलाई साथी लिएर जान्थेँ। घर फर्कँदा अलिक डर लाग्ने भएकाले भाइलाई लिएर गएँ।

बिस्तारै गजलबारमा मन भुल्न थालेपछि गजलबारमा गाउदा नराम्रो नहुने रहेछ भन्ने लाग्न थाल्यो। सोचेको जस्तो होइन रहेछ।

साधारणदेखि राजपरिवारसम्म हुन्थे
मैले गाउने गजलबारमा धेरै जसो राजपरिवारका सदस्यदेखि लिएर उच्च तहका नै हुन्थे। नेता, प्रहरीका उच्चपदका व्यक्तित्वहरु मैले गाएको गीत सुन्न आउनुनुहुन्थ्यो। कहिलेकाहीँ गाउदागाउदै २,३ घण्टा बढी समय गाउन लगाएर टिप्स पनि राम्रै दिएका पनि छन्।

काठमाडौंमा अलिक रमाइलो
काठमाडांैको दरबारमार्गमा रहेको  डेला अन्नपूर्णमा एउटा गजलबार एण्ड रेस्टुरेन्ट थियो। अहिले पनि छ।  त्यहाँ म र मेरो श्रीमान् रामभक्तले १० वर्षसम्म गीत गायाैं। यहाँ सबैखाले गेष्ट आउँथे। भीडभाड राम्रो हुन्थ्यो। रक्सी खाएसी कोही आफैँ गीत गाउने, कोही नाचेको नाचै गर्ने। हेर्न लायक हुन्थ्यो।  

काठमाडौंका गजलबारदेखि सिंगापुरसम्म
पोखरामा ३ वर्ष गाइसकेपछि हामी काठमाडाैं आएका हौँ।  काठमाडौं आएपछि अन्नपूर्णभित्रकै गजलबारमा गाउन थालेकी हुँ। पोखरामा थोरै गीत गाउँदा पुग्थ्यो भने काठमाडौंमा धेरै गीत गाउनुप-थ्र्यो। छानेर गीत गाउनुपर्ने भएकाले गीत खोजी खोजी प्राक्टिस गर्नुप-थ्र्यो।

भारतदेखिका ग्राहक गजल सुन्न महँगो पैसा तिरेर आउँथे। धेरैले मेरो आवाजलाई लता मङ्गेश्वरको आवाजसँग दाँज्नुहुन्थ्यो। यहाँ काम गर्दागर्दै सिंगापुर गयौँ। त्यहाँ शाही महारानी भन्ने गजलबार एण्ड रेस्टुरेट थियो। त्यहाँ एक वर्ष जति गीत गायौँ र फेरि नेपाल आएर अन्नपूर्णमै गाउन थाल्यौँ।

नेपाल आइसकेपछि मेरो श्रीमान् बिरामी भएपछि लोकल गजलबारतिर गाउन थालेँ। निशान भट्टराईको क्वीन गजलबारमा गीत गाएँ। उहाँले मलाई पचास हजार तलब दिएर राख्नुभएको थियो। मैले फाइभ स्टार र लोकल गरेर आधा दर्जनभन्दा बढी गजलबारमा  गीत गाइसकेकी छु। अहिले भने पोखराको मेलोडी गजलबारमा गीत गाइरहेकी छु।

तलबको तुलनामा टिप्स धेरै
तलबमा काम गरेको हुनाले सुरुवातको समयमा मलाई टिप्स लिन लाज लाग्थ्यो। मैले गाउदा टिप्स बरर नै झथ्र्यो। धेरै समयसम्म त मैले टिप्स लिन मानिनँ। पछि टिप्स भनेको तलबभन्दा फाल्टु नै रहेछ भन्ने बुझेँ अनि मात्रै मैले टिप्स लिन थालेकी हुँ।

हामी दुईजनाले गाउदा तलब त कति नै हुन्थ्यो र। टिप्स भने राम्रै हुन्थ्यो। मैले गाउदा सुरुमा सिरियस गीतदेखि बिस्तारै रोमान्टिक गीत गाउदै जान्छु। गेष्टहरु अल्कोहलमा तातिँदै गएपछि माहोल बनाउन डान्सिङ गीत गाउदै लैजान्छु। यसले गर्दा गेष्टहरुमा इनर्जी आउँछ र रमाइलो गर्न थाल्नुहुन्छ।

Leave A Comment