प्रेममग्न कट्रिना

आइतबार, २३ साउन २०७३, १० : १७ शुक्रवार , Kathmandu
प्रेममग्न कट्रिना

समुद्री तटमा रोमान्सरत बलिउड अभिनेत्री कट्रिना कैफको भिडियो सार्वजनिक भएको छ । केही महिनाअघि अभिनेता रणवीर कपुरसँग  उनको ब्रेकअप भएको थियो । भिडियोमा कट्रिना अभिनेता सिद्धार्थ मलहोत्रासँग रोमान्स गरिरहेकी छिन् । तर, उनले वास्तविक जीवनमा यसरी रोमान्स गरेकी होइनन् । यो रिल लाइफको रोमान्स हो । सिद्धार्थसँग प्रेमरत कट्रिनाको भिडियो उनको आगामी फिल्म ‘बार–बार देखो’को अंश हो । फिल्मको एउटा गीत यसअघि सार्वजनिक गरिएको थियो भने कट्रिना र सिद्धार्थको प्रेममग्न अवस्थाको भिडियो क्लिप गत साता सार्वजनिक गरिएको हो । 

Leave A Comment