प्रभुका ग्राहकलाई सिजी इलेक्ट्रोनिक्समा छुट

बिहिबार, २६ भदौ २०७६, १२ : १६ शुक्रवार
प्रभुका ग्राहकलाई सिजी इलेक्ट्रोनिक्समा छुट

रेमिट्यान्स कम्पनी प्रभु मनी ट्रान्सफरले सिजी इलेक्ट्रोनिक्सका एलजी, सिजी, गोदरेज, टिसिएल आदि ब्रान्डका सामानमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था गरेको छ।

विदेश वा नेपालबाटै उक्त कम्पनीमार्फत पठाएको रकम प्राप्त गर्ने ग्राहकलाई लक्ष्य गर्दै सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा उक्त योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

कम्पनीले आफ्नो सुविधाको क्षेत्र विस्तार गर्दै जाने र ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै यो व्यवस्था ल्याएको विज्ञप्तिमार्फत जानकारी गराएको छ।

प्रभु मनी ट्रान्सफरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिइने रसिद लिएर सिजी इलेक्ट्रोनिक्सका कुनै पनि सोरुम सिजी डिजिटल वा एलजी लाइफ स्टाइल सोरुमबाट टिभी, फ्रिज वासिङ मेसिनलगायत अन्य घरायसी सामान किन्दा आकर्षक छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

Leave A Comment