टिभिएस अपाचेको रेस एडिसन

बिहिबार, २६ भदौ २०७६, १२ : २२ शुक्रवार
टिभिएस अपाचेको रेस एडिसन

टिभिएस मोटर कम्पनीले टिभिएस अपाचे आरटिआर १६० २ भी रेस एडिसन नेपालमा सार्वजनिक गरेको छ। टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन टिभिएस रेसिङ परम्पराको गौरवमय ३७ वर्षको एक घनीभूत विश्वमै लोकप्रिय उपलब्धि रहेको र युवा पुस्तामा यसलाई लक्षित गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अभूतपूर्व रेसिङ डिकल्स, थ्रिडी लोगो, चमकदार रङ एवं स्पिड मिटरको नवीन डायलले यो मोटरसाइकललाई एक स्टाइलिस ढाँचा प्रदान गरेको कम्पनीले जनाएको छ।

यसैगरी, उच्च ग्रिप टायरका साथ पांग्रामा भएको नयाँ पिनस्ट्राइप, डबल डिस्क ब्रेक र एक शक्तिशाली इन्जिनले बाइक चालकलाई रेसिङ अनुभूति हुने जनाइएको छ।

 

Leave A Comment