डिस होमको छुट योजना

बिहिबार, २६ भदौ २०७६, १२ : २९ शुक्रवार
डिस होमको छुट योजना

डिटिएच सेवा प्रदायक कम्पनी डिस होमले डिस होम फन्ड ट्रान्सफर सेवामार्फत तीन महिना, ६ महिना र वार्षिक रिचार्ज गर्दा भारी छुटसहितको प्याकेज सार्वजनिक गरेको छ।

अनलाइनमार्फत बिनाझन्झट ग्राहकको सेटटप बक्स रिचार्ज गर्न मिल्ने फन्ड ट्रान्सफर सेवामार्फत तीन महिना, ६ महिना र १२ महिनाका लागि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

महिनैपिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने तथा वार्षिक रिचार्ज गर्दा भारी छुट प्राप्त गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ।

योजनाअन्तर्गत तीन महिनाको रिचार्जमा एक महिना, ६ महिनाको रिचार्जमा दुई महिना र १२ महिनाको रिचार्जमा चार महिनाका लागि आफूलाई मन परेको कुनै एक एड अन प्याकेज लिन सकिने कम्पनीले जनाएको छ।

वार्षिक ४२ सय रुपैयाँ रहेको रिचार्ज ३६ सयमा, मिडियम प्याकेज ४८ सयको सट्टा ४२ सयमा, बेसिक प्लस ५१ सयको सट्टा ४५ सयमा, मिडियम प्लस ५७ सयको सट्टा ४९ सय ९८ मा, सुपर एचडी ६ हजारको सट्टा चार हजार नौ सय ९९ मा, प्रिमियम एचडी ७२ सयको सट्टा ५७ सय ९९ मा र लाइफ स्टाइल एचडी १० हजार आठ सयको सट्टा आठ हजार चार सयमै उपलब्ध हुने कम्पनीले जनाएको छ।

Leave A Comment