किशोरीले हराइन् सेरेनालाई

बिहिबार, २६ भदौ २०७६, ०१ : १२ शुक्रवार
किशोरीले हराइन् सेरेनालाई

ग्रान्डस्लाम टेनिस प्रतियोगिता ‘यूएस ओपन’ को महिला एकलतर्फ अप्रत्यासित नतिजा आयो। यस्तो नतिजा ल्याएकी हुन् १९ वर्षीया क्यानेडियन खेलाडी बियान्का एन्ड्रेस्कुले। उनले फाइनलमा अनुभवी खेलाडी सेरेना विलियम्सलाई ६–३, ७–५ अंकले हराउँदै उपाधि पाइन्।

सेरेना २३ पटककी ग्रान्डस्लाम च्याम्पियन हुन्। उनले ६ पटक यूएस ओपनको उपाधि जितिसकेकी छिन्। उनैलाई १९ वर्षीया किशोरीले हायलकायलै पारिन्। सेरेनालाई एन्ड्रेस्कुले खेलको प्रारम्भदेखि नै दबाबमा राखेकी थिइन्।

सेरेनाले हालसम्म २३ वटा ग्रान्डस्लाम उपाधि जितिसकेकी छन्। उनले ६ पटक यूएस ओपन, सात पटक विम्बल्डन, तीन पटक फ्रेन्च ओपन र सात पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन्। सेरेनाले पछिल्लोपटक सन् २०१७ मा ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्।  यूएस ओपनको मुख्य प्रतियोगितामा एन्ड्रेस्कुको यो पहिलो सहभागिता थियो। पहिलो सहभागीतामै उनले सेरेनालाई सहजै हराइन्।

Leave A Comment