स्मारिका र सौगात ब्लाईन्ड रकर्स

शुक्रबार, ०३ असोज २०७६, १२ : ४४ शुक्रवार
स्मारिका र सौगात ब्लाईन्ड रकर्स

यस वर्षको मिस र मिस्टर ब्लाईन्ड रकर्स  स्मारिका पोख्रेल  र सौगात वाग्ले भएका छन्। टीकाराम आले फस्ट रनरअप र सम्झना रिमाल, बेस्ट स्माइल प्रतिभा राई, वेस्ट ह्वाइट केन वाक सन्जिया श्रेष्ठ, वेस्ट फ्रेन्डसीप अनिस ढकाल, वेस्ट ट्यालेन्ट  स्मारिका पोख्रेल, मोस्ट पङ्गचोअल त्रिषा लामा मोस्ट रेस्पोस्विल सावित्री पौडेल, मोस्ट जोली निश्चल सिवाकोटी रहेका छन्।

४० जना सहभागीहरुबाट विभिन्न चरणमा गरी छानिएका २१ जना प्रतियोगीहरुमध्येबाट यी प्रतियोगीहरु छानिएका हुन्। दृष्टिविहीन युवायुवतीको क्षमता अभिवृद्धि गरी उनीहरुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्नका लागि गत वर्षदेखि मिस एण्ड र मिस्टर ब्लाईन्ड रकर्सको आयोजना सुरु भएको हो।

Leave A Comment