ओलम्पिकमा नक्कली हिउँ

शुक्रबार, ०३ असोज २०७६, ०१ : २९ शुक्रवार
ओलम्पिकमा नक्कली हिउँ

जापानमा आयोजना हुने गृष्मकालीन ओलम्पिक खेलकुदको ३२ औं संस्करणमा सहभागी खेलाडी र दर्शकलाई राहत दिन जापानले नक्कली हिउँको वर्षा गराउने अभ्यास ग-यो। टोकियोमा सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म ओलम्पिक आयोजना हुँदै छ।

त्यो बेलामा तापक्रम ३५ डिग्री सेल्सियससम्म हुने भएपछि ओलम्पिकमा सहभागी हुन आउने खेलाडी, निर्णायक, पदाधिकारी, सञ्चारकर्मी र दर्शकलाई चर्को गर्मीबाट बचाउने उपायको खोजी गर्दै ‘हिउँको कृत्रिम वर्षा’को उपाय अगाडि ल्याइयो।

त्यसको परीक्षणका लागि टोकियोमा हिउँको कृत्रिम वर्षा गराएर परीक्षणसमेत गरियो। यस्तो परीक्षण ओलम्पिक र पारा ओलम्पिकका क्रममा रोइङ, क्यानोइङलगायतको पानीका खेलहरू हुने स्थानमा गरिएको थियो।

परीक्षणमा करिब तीन सय केजी हिउँको वर्षा गराइएको थियो। खेलाडी र दर्शकदीर्घामा बसेका व्यक्तिहरूको शरीरमा हिउँ खसेको थियो। परीक्षणका क्रममा खसेको हिउँले त्यहाँको वातावरणलाई शीतल बनाउने आशा गरिएको थियो। तर, कृत्रिम हिउँ वर्षाको परिणाम भने सोचेजस्तो आएन।

कृतिक हिउँको वर्षा गरिएको बेलामा तापक्रम २५ डिग्री सेल्सियस थियो। त्यसपछि तापक्रम घट्ला भनेको घटेन।

Leave A Comment