स्टक क्लियरेन्स मेला असोज १ देखि

शनिबार, ०४ असोज २०७६, ०१ : २२ शुक्रवार
स्टक क्लियरेन्स मेला असोज १ देखि

असोज १ गतेदेखि राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ। मेलाको सबै तयारी पूरा भएको आयोजक संस्था इभेन्ट सोलुसन प्रालिले जनाएको छ।

चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनि स्वदेशी तथा विदेशी सामान खरिद गर्न सक्ने गरी मेला आयोजना हुन लागेको आयोजकले जनाएको छ। स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ। एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामग्रीको कारोबार हुने आयोजक संस्था इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए।

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्यान्ड र जापानको उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ। यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफरसमेत रहने आयोजकले जनाएको छ।

Leave A Comment