क्यानडाको बेबि ब्रान्ड नेपालमा

शनिबार, ०४ असोज २०७६, ०१ : ३९ शुक्रवार
क्यानडाको बेबि ब्रान्ड नेपालमा

क्यानडामा बच्चाहरुको निम्ति प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्रान्ड (बबलभ) नेपालमा आएको छ। आईएमएस ग्रुपको आईएमएस लिटिल स्माइल कम्पनीले क्यानेडियन ब्रान्डलाई नेपाल भित्र्याएको हो।

कम्पनीले काठमाडौंको सिटी सेन्टरमा रहेको आफ्नै सोरुम आईएमएस लिटिल स्माइलमा सो सामग्री राखेको छ। सोरुममा डा. ब्राउन क्रेन एण्ड हिमालय बेबी केयरका साथसाथै (बबलभ) का अधिकांश सामान रहेको कम्पनीले जनाएको छ।
क्यानेडियन ब्रान्ड (बबलभ) ले बच्चाहरुलाई फिडिङ, ग्रोमिङ, वाथ टाइम आउटडोरलगायतका गुणस्तरीय सामान उत्पादन गर्ने गरेको छ। कम्पनीले यी सामग्री स्मार्ट डोकोबाट पनि उपलब्ध गराएको छ, जुन नेपालको एक अग्रणि अनलाइन मेगा स्टोर रहेको हो।

आईएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले नेपालमा बालबालिकाका लागि अन्तर्राष्ट्रिय ब्रान्डको सामग्री ल्याउन पाउँदा खुसी लागेको बताए।

Leave A Comment