नेपालमा सरकार छ भन्ने नै लाग्दैन

मङ्गलबार, ०७ असोज २०७६, १० : ३९ शुक्रवार
नेपालमा सरकार छ भन्ने नै लाग्दैन

तेजेन्द्र क्षेत्री, ट्याक्सी चालक, बा१ज४२४७

ट्याक्सी चलाउन थाल्नुभएको कति भयो ?
७ वर्ष भयो।

ट्याक्सी चलाएको ७ वर्षमा के–के परिवर्तन पाउनुभयो ?
त्यस्तो केही परिवर्तन पाएको छैन। सरकारले अहिले त झन् के–के कर थुपारेर गरिबमारा काम गरेको छ। हिजोको जस्तो पार्किङको सुविधा आज छैन। ट्याक्सीलाई यति पीडित बनाएको छ कि नेपालमा सरकार छ भन्ने नै लाग्दैन। सबैको मूल्य बढ्ने ट्याक्सीको मूल्य नबढ्ने भन्ने हुन्छ ? हामीलाई पनि कर लगाएअनुसारको सुविधा दिनुप-यो नि हैन र ? ट्याक्सी चलाउने भन्दैमा ६९ सालको मिटरभाडामा हामी हिँड्न सक्छाैं र ?

स्कुलको शुल्क बढ्छ, कोठाभाडा बढ्छ, ट्याक्सीका हर सामानको भाउ बढ्छ तर ट्याक्सीको भाडा भने  खोइ कहिले बढ्छ ?

तेलको भाउ त घटेको छ नि हैन र ? मिटर भाडा किन बढाउनुप-यो ?
तेलको भाउ पो घट्यो त ? तर गाडीको दाम पहिला १० लाखमा आउँथ्यो भने अहिले ३३ लाख पुगेको छ। मिस्तिरी खर्च बढेको छ। पाटपुर्जाको दाम बढेको छ। हरेकको दाम बढ्ने हामीले त्यही एउटै मिटरमा चलाइरहन सकिन्छ र ? मलाई अप्ठ्यारो नभई म कराउन आउँछु र ? ट्याक्सी चालकले फाइनान्सको ब्याज तिर्न नसक्ने अवस्था आएको छ। यस कारण हामीले मिटरको भाउ बढाइदेऊ भन्या हो। अरू केही होइन ?

ट्याक्सीले लुट्यो भन्ने आरोप छ नि ? साँच्चै लुटेकै हो त ?
हामी कसरी लुट्यौं। हामीले कसैको पटेकमा हात हाल्न गएका छौ र ? कुनै यात्रुले २,४ पैसा बढी दियो भने लुटेको हुन्छ ? हामीले कम भयो भने हजुर थपिदिनुस् भन्न नपाउनु ?  बेलुका ४ बजेपछि ट्याक्सी चलाउन थालिन्छ। राति ८, ९ बजेसम्म टिप पाउने हो। राम्रै पाइयो भने त ठिकै छ। जाम प-यो भने यात्रु ट्याक्सीबाट लुरु लुरु हिँडेर जान्छन्। आफू त्यो जाम नखुलुञ्जेल बस्नुप-यो। हाम्रो मर्का कसले बुझ्छ। भन्न गरिबको सरकार भन्ने दलालले ३३ लाख रुपैयाँमा ट्याक्सी बेच्छ। त्यस्तालाई अनुगमन गरेर कारबाही गर्ने निकाय खोइ ?

दिनभरि, रातभरिमा १५ सय २ हजार कमाइएला ? कताबाट ट्राफिक आउँछ र ३ हजारको चिट काटिदिन्छ ? यस्तो पाराले हाम्रो परिवार कसरी पालिन्छ ? मलाई त सरकार नै लुटेरा जस्तो लाग्छ। काठमाडौंमा ११ हजार ३ सयभन्दा बढी ट्याक्सी चल्छन्। पार्किङ गर्ने ठाउँ भने थोरै मात्र छ। कहाँ पार्किङ गर्ने, के गर्ने ? अलिकति अलमल ग-यो कि फाइन हालिहाल्ने ?

नाइटका यात्रु कस्ता कस्ता भेटिएका छन् ?
सुन्धाराबाट कपन जाने भनेर तीनजना ट्यापे–ट्यापे टाइपका केटा चढे। कपन हिँड भने। भाइ पैसा आउँदैन। मान्छे चिनेर कुदा, एरिया थाहा होला ? तिनीहरुले पैसा नदिई धम्क्याएर गए। यस्ता धम्की त कति आउँछन् कति। सरकारलाई भन्यो भने उल्टै निहुँ खोज्छ। पुलिसलाई खबर गरेर के गर्नु त्यस्तो मान्छे किन हालिस् भनेर उल्टै हामीसँग निहुँ खोज्छ।

Leave A Comment