सागको तयारी : ३ अर्ब, ६४ करोड बजेट पास

शनिबार, ११ असोज २०७६, १२ : २८ शुक्रवार
सागको तयारी : ३ अर्ब, ६४ करोड बजेट पास

नेपालमा आयोजना हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि अर्थ मन्त्रालयले ३ अर्ब ६४ करोड बजेट स्वीकृति गरेको छ।

मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने प्रतियोगिताका लागि करिब ६ अर्ब बजेट लाग्ने अनुमान गरिएको थियो। तर अर्थले अनुमान भन्दा २ अर्ब ३८ करोड बजेट कम दिएको छ। साढे ३ अर्ब बजेट स्विकृत गरेसँगै ९५ करोड मात्र निकासा गरेको छ।

निकासा भएको बजेटमा १५ करोड राष्ट्रिय टिम तयारी, ३८ करोड खेल सामग्री खरिद, १ करोड समारोह व्यवस्थापन,१ करोड आवास व्यवस्थापन र ४० करोड पूर्वाधार निर्माणका लागि निकासा गरिएको हो।

काठमाडौं र पोखरामा हुने साग खेलमा ७ देशका खेलाडीबीच २७ खेलमा प्रतिस्पर्धा हुँदैछ। नेपालले २७ खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गरिरहेको छ।

Leave A Comment