खेलाडीलाई मान पदवी

शनिबार, ११ असोज २०७६, १२ : ३९ शुक्रवार
खेलाडीलाई मान पदवी

फुटबल प्रशिक्षक हरि खड्का, क्रिकेटर सोमपाल कामी लगायतलाई संविधान दिवसको अवसरमा सरकारले विभिन्न मान पदवी दिने घोषणा गरेको छ। संविधान दिवसका दिन गृह मन्त्रालयले मान, पदवी र अलङ्कार पाउनेको नाम सार्वजनिक गरेको थियो।

टिकाकुमारी पुन (भारोत्तोलन), दीपक श्रेष्ठ (कराँते प्रशिक्षक), सूर्यकुमारी गुरुङ ( पारा धावक), भगवती खड्का (रेस्लर), हरि खड्का (फुटबल प्रशिक्षक) ले प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पाएका छन्।

यसैगरी, अजय तामाङ (एथ्लेटिक्स (फरक क्षमता भएका खेलाडी), अजितकुमार यादव (एथ्लेटिक्स), महिमा कोइराला (बोसिया (फरक क्षमता भएका खेलाडी), महेश्वर महर्जन (बडिबिल्डिङ ), सावित्रा भण्डारी (फुटबल), सोमपाल कामी (क्रिकेट), प्रिन्स दाहाल (ब्याडमिन्टन) ले जनसेवा श्री (पञ्चम श्रेणी) पाएका छन्।

पौडिकी गौरिका सिंह, भलिबलकी रेश्मा भण्डारी , सुजना माया लामा ( बक्सिङ ), पुरन राई ( बक्सिङ), टंक कार्की ( गल्फ), निरु थापा ( फुटबल) ले सुकीर्ति पदक पाएका छन्।

Leave A Comment