भारुती बलिङ कन्सल्ट्यान्ट

शनिबार, ११ असोज २०७६, १२ : ४५ शुक्रवार
भारुती बलिङ कन्सल्ट्यान्ट

पूर्व भारतीय क्रिकेटर भारुती वेंकटराम नेपाली क्रिकेट टिमको बलिङ ‘कन्सल्ट्यान्ट’ मा नियुक्त भएका छन्। नेपाली टोलीको बलिङ शैली सुधार्न उनलाई आईसीसीले नियुक्त गरेको हो। सिंगापुर र ओमान भ्रमणमा रहने नेपाली क्रिकेट टिमका सदस्यलाई उनले बलिङ प्रशिक्षण दिनेछन्।

भारतीय प्रथम श्रेणीका क्रिकेटर वेंकटरामसँग झारखण्ड क्रिकेट टिमको प्रमुख प्रशिक्षक भएका थिए। उनले सन् १९७३ देखि १९९२ सम्म बिहार क्रिकेट टिमबाट खेलेका थिए। प्रथम श्रेणीका ६८ वटा खेल खेलका उनले २१७ विकेट लिएका छन्।

सिंगापुरमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज खेल्दैछ। असोज दोस्रो साता सुरु हुने सिरिजमा नेपाल, जिम्बाबे र आयोजक सिंगापुरले प्रतिस्पर्धा गर्नेछन्। त्यसलगत्तै नेपालले ओमान भ्रमण गर्नेछ।

Leave A Comment