झापामा स्पोर्टस अवार्ड

शनिबार, ११ असोज २०७६, १२ : ५२ शुक्रवार
झापामा स्पोर्टस अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को जिल्ला समन्वय शाखा झापाले झापा स्पोर्टस अवार्ड’ तेस्रो संस्करणको मनोनयन सूची सार्वजनिक गरेको छ। उसले मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो।

आयोजकका अनुसार विभिन्न चार विधामा प्रत्येक तीन तीनजना मनोनित भएका छन्।  प्रतिभा वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा उमेश राई (शारीरिक सुगठन), राम दाहाल (शारीरिक सुगठन), नवयुग श्रेष्ठ (फुटबल) मा मनोनयनमा परेका छन्।

वर्ष उत्कृष्ट खेलाडी (महिला) मा एस्तर राई (कराँते), अन्जिला तुम्बापो सुब्बा (फुटबल), विनिता बुढाथोकी (भलिबल) छन्। वर्ष उत्कृष्ट खेलाडी (युवा) विधामा छिरिङ गुरुङ (फुटबल), अप्सरी बेगम (क्रिकेट), अमिता गिरी (ब्याडमिन्टन) मनोनयनमा परेका छन्।

वर्ष उत्कृष्ट प्रशिक्षकमा हरि खड्का (फुटबल), डम्बर लिम्बू (बक्सिङ), योगेश चाम्लिङ (कराँते) परेको ‘झापा स्पोर्टस अवार्ड २०७५’ तथा प्रतिभा छनोट समितिका संयोजक बुद्ध तामाङले जानकारी दिए।

Leave A Comment