वार्षिकोत्सवमा माछापुच्छ्रेको छूट

सोमबार, १३ असोज २०७६, १२ : २८ शुक्रवार
वार्षिकोत्सवमा माछापुच्छ्रेको छूट

माछापुच्छ्रे बैंक लिमिटेडले १९ औं वार्षिकोत्सवको अवसरमा ग्राहक लक्षित छूट योजना ल्याएको छ। बैंकले कारोबार सुरु गरेकोे १९ वर्ष पूरा गरेको अवसरमा असोज महिनाभर सम्पूर्ण शाखामार्फत विभिन्न १९ प्रकारका थप सुविधा प्रदान गर्न लागेको बैंकले जनाएको छ।

बैंकले ग्राहकलाई असोजभर निःशुल्क डेबिट कार्ड प्रदान गर्ने, डिम्याट खाता तथा मेरो सेयर खाता निःशुल्क खोलिदिने, देशभरका भाटभटेनी सुपरमार्केटमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सामान किन्दा १० प्रतिशतसम्म क्यास ब्याक अफर सुविधा प्रदान गर्ने जनाएको छ।

योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, पाँच वा त्योभन्दा बढीको समूहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्क शतप्रतिशत, बैंकको डलर कार्ड जारी शुल्क ५० प्रतिशत, आइएनआर/युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्क ५० प्रतिशत, गुड फर पेमेन्टमा ५० प्रतिशत छुट लगायत अन्य थुपै सुविधा प्रदान गर्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

यो बैंकले एक सय ३७ शाखा, एक सय २८ शाखारहित बैंकिङ सेवा समेत गरी दुई सय ६५ स्थान र एक सय ६० वटा एटिएमबाट सेवा दिइरहेको छ।

 

Leave A Comment