दसैं अफरसहित सिटिसीमा मोबाइल मेला

सोमबार, १३ असोज २०७६, १२ : ३७ शुक्रवार
दसैं अफरसहित सिटिसीमा मोबाइल मेला

दसैंको बेला उपभोक्तालाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्यका साथ सिटिसी मोबाइल हब सुन्धारामा मोबाइल मेला सुरु भएको छ। विभिन्न मोबाइल कम्पनीहरुसँगको सहकार्यमा सुपथ मूल्य र अफरै अफरसहितको मोबाइल मेला आइतबारदेखि सुरु भएको हो।

मोबाइल मेलामा ६० प्रतिशतसम्म छुटका साथै बाई वान गेट वान फ्रि अफर मेलाको आकर्षण रहेको छ। मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निःशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको छ। यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आए तत्काल सेवाग्राहीले त्यसको समाधान पाउने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए। हरेक दिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एकजनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाइलको खरिदमा ग्राहकले हात खाली नजाने उपहार रहेको आयोजकले जानकारी दिए।

असोज ५ बाट दसैं, तिहार र छठ कात्तिक १६ सम्ममा मोबाइल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कार यामाहाको रेजेटआर स्कुटर प्रदान गरिने, दोस्रो पुरस्कारमा एकजनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा ल्यापटप वितरण गरिने आयोजकले जानकारी दियो।

Leave A Comment