ह्वावेमा पाँच वटा एआई क्यामेरा

सोमबार, १३ असोज २०७६, १२ : ४६ शुक्रवार
ह्वावेमा पाँच वटा एआई क्यामेरा

ह्वावे कन्जुमर बिजनेस ग्रुपले नयाँ स्मार्टफोन ह्वावे नोभा ५ टी नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालभर उपलब्ध यो फोनमा फ्युचरिस्टिक डिजाइन र पाँच वटा ५ एआई क्यामरा रहेको कम्पनीले जनाएको छ। नेपाली बजारमा असोज ५ देखि उपलब्ध यो फोनको मूल्य ५३ हजार नौ सय तोकिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सामाजिक सञ्जालका उत्साही प्रयोगकर्तालाई फोटो वा भिडियोसम्बन्धी काम गर्न यसमा उत्कृष्ट टुल रहेको जनाइएको छ। ह्वावेका स्मार्टफोन मोबाइल फोटोग्राफी पावरहाउसका रूपमा प्रचलित छन् र नोभा सिरिज पनि सोहीअन्तर्गत पर्ने जनाइएको छ। अल्ट्रा–क्ल्यारिटीसहितको ह्वावे नोभा५ टीको ३२ एमपी फ्रन्ट क्यामराले सूक्ष्म रूपमा स्पष्टताका साथ हरेक वस्तुलाई कैद गर्न सक्ने कम्पनीको दाबी छ।

 

Leave A Comment