घमण्डी सन्दिप

शनिबार, १८ असोज २०७६, ०२ : ५८ शुक्रवार
घमण्डी सन्दिप

घरेलु र राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुभन्दा अक्सनमा पर्दै अन्तर्राष्ट्रिय क्लब स्तरीय खेलमा बढी सक्रिय भएका सन्दिप लामिछानेले आफ्नै टिमका कप्तान पारस खड्कालाई फलो गर्दैनन्। एक लाख ६३ हजार फलोअर्स भएका उनले जम्मा १८ जनालाई फलो गरेका छन्।

उनले गायक राजु लामादेखि क्रिकेट प्रशिक्षक पुभुदुलाई समेत फलो गर्दा पारसलाई फलो गरेका छन्। नेपाली राष्ट्रिय टोली सिंगापुरमा सिंगापुर र जिम्बाबेसँग टि–२० प्रतियोगिता खेल्दा उनी भने जिम्बाबेको आयोजनामा भइरहेको क्यारेबियन क्रिकेट लिग खेल्न व्यस्त छन्।

ट्वीटरमा आफ्नै क्याप्टेनलाई फलो नगरेको खुलेपछि घमण्डी भन्दै उनको आलोचनासमेत भएको छ। कतिले उनको र पारसको सम्बन्ध बिग्रिएको आशंसमेत गरेका छन्। सन्दिपले ट्वीटरमार्फत नै सम्बन्ध नबिग्रेको प्रष्टिकरण दिए पनि पारस भने यो मामिलामा मौन नै छन्।

Leave A Comment