महराको अलमल

बिहिबार, ३० असोज २०७६, ११ : ५२ शुक्रवार
महराको अलमल

संसद् भवनमा काम गर्ने कर्मचारीको कोठामा गएर बलात्कारको प्रयास गरेको आरोप खेपेका निवर्तमान सभामुख कृष्णबहादुर महरा असोज १९ मा पक्राउ परे पनि बयान हुन सकेको छैन। बिरामी भएर उपचारका लागि अस्पताल भर्ना भएपछि उनको बयान अवरुद्ध भएको हो।

बयान हुन नसकेपछि मंगलबार प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो। अदालतले अनुसन्धानका लागि महरालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

महरा उपचारका लागि अस्पतालमा भर्ना भए पनि कानुनी रुपमा उनी न्यायिक हिरासतमै रहेको मानिने छ। यस आधारमा उनको न्यायिक हिरासतमा बसेको अवधि १२ दिन कटिसकेको छ। शुक्रबार कि अभियोग पत्र दर्ता हुनुपर्छ कि पुनः म्याद थप हुनुपर्छ।

सांसद सचिवालयमा कार्यरत कर्मचारीको कोठामा गएर बलात्कार र कुटपिट गरेको घटना सार्वजनिक भएसँगै उनले सभामुख पदबाट राजीनामा दिएका थिए। पीडितले बयान बदलेपछि उनी पक्राउ पर्छन् या पर्दैनन् भन्ने अन्योलका बीच महानगरीय प्रहरी वृत्त बानेश्वरमा गएर बलात्कार प्रयासको जाहेरी दिएपछि प्रहरीले उनलाई सभामुखको सरकारी निवास गएरै पक्राउ गरेको थियो। पीडित महिला र महरा दुवैको स्वास्थ्य परीक्षण भइसकेको छ।

Leave A Comment