रोनाल्डोको नाममा रंगशाला

बिहिबार, ३० असोज २०७६, १२ : १९ शुक्रवार
रोनाल्डोको नाममा रंगशाला

पोर्चुगलको क्लब सीपी स्पोर्टिङले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको सम्मानमा आफ्नो रंगशालाको नाम परिवर्तन गरेर रोनाल्डोको नाम दिने भएको छ। रोनाल्डोको बाल्यकालको क्लब स्पोर्टिङले रंगशालालाई रोनाल्डोको नाम दिने तयारी गरेको हो। क्लबको रंगशाला संस्थापक जोस अल्भालेडको नाम राखिएको थियो।

सन् १९५६ देखि रहँदै आएको नाममा वर्तमान अध्यक्ष फ्रेडिरेको भरनडासले रोनाल्डोको नाममा परिवर्तन गर्न लागेका हुन्। युभेन्ट्सका स्टार रोनाल्डोले १२ वर्षको उमेरमा स्पोर्टिङ्बाट फुटबल करियर सुरु गरेका थिए।

स्पोर्टिङबाट फुटबल करियर सुरु गरेका रोनाल्डोलाई सन् २००३ मा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्धन गरेको थियो। रोनाल्डोले क्लबमा आफ्नो विरासत छाडेको अध्यक्ष भरनडासले बताएका छन्।

‘यो एक उपाय हो, हाम्रो गर्वको कुरालाई भुल्ने छैनौं।’ भरनडासले भने, ‘रोनाल्डो स्पोर्टिङको इतिहासमा ठूलो प्रतीक थिए र रहिरहनेछन्। क्लब विश्वभर रोनाल्डोसँग जोडिदा खुसी छौं।’

Leave A Comment