गौतमले गरे विराटको प्रशंसा

बिहिबार, ३० असोज २०७६, १२ : ३७ शुक्रवार
गौतमले गरे विराटको प्रशंसा

भारतीय क्रिकेट टिमका पूर्व खेलाडी गौतम गम्भीरले विराट कोहलीको तुलना पूर्व कप्तान महेन्द्र सिंह धोनी र सौरभ गांगुलीसँग गर्दै उनी यी दुवैभन्दा उत्कृष्ट कप्तान रहेको टिप्पणी गरेका छन्। यसको कारण दिँदै उनले विराटको निडरपनले पूर्व कप्तान धोनी र गांगुली भन्दा उत्कृष्ट बनाएको बताए।

गम्भीर र कोहलीको सम्बन्ध त्यत्ति राम्रो देखिएको छैन। यी दुवैबीच भइरहने मनमुटावका घटना बारम्बार सार्वजनिक भइरहन्छन्। यस्तो बेलामा आएको उनको प्रतिक्रियाले भारतीय क्रिकेटमा राम्रै चर्चा भइरहेको छ।

हालै विराटको कप्तानीमा भारतले कीर्तिमानी प्रदर्शन गरेपछि गम्भीरले उनको प्रशंसा गर्दै भने‘ हारदेखि डराउनेले कहिले जित्दैन, त्यसैले विराट निडर रहन्छन्। हामीले गांगुली, धोनी, द्रभिडको कुरा गर्छौं तर विराटको कप्तानीले भारतको विदेशी भूमिमा समेत जितको लयलाई परिवर्तन गरिदिएको छ।’

विराटको कप्तानीमा गत आइतबार भारतले दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिजमा कब्जा जमाएको थियो। ३ खेलको टेष्ट सिरिजमा पहिलो २ खेल जित्दै भारतले एक खेल अगाबै सिरिज कब्जा गरेको हो।

यो सिरिज जितेसँगै भारतले घरेलु मैदानमा लगातार ११ टेष्ट सिरिज जित्दै कीर्तिमान बनाएको थियो। भारत घरेलु मैदानमा लगातार ११ टेष्ट सिरिज जित्ने पहिलो टिम बनेको हो।

 

Leave A Comment