लगानी गर्दा हुन्छ : ढकाल

शनिबार, ०२ कार्तिक २०७६, ०१ : ११ शुक्रवार
लगानी गर्दा हुन्छ : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेश गरेसँगै लगानीको वातावरण बन्दै गएको बताए। उनले नेपालमा लगानी गरेर मुनाफा कमाउन गैर आवासीय नेपालीहरुलाई आग्रहसमेत गरे।

गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले हाल लगानी गर्न उद्यमीहरुलाई उत्साहित गरेको र तीन तहको सरकार बनेपछि लगानी भित्र्याउन एक किसिमले प्रतिस्पर्धा भएको बताए।

उनले नेपालमा गैर आवासीय नेपालीहरुसँग मिलेर २७ मेघावाटको दोर्दीखोला जलविद्युत् र काठमाडौंमा रहेको चन्द्रागिरि केबलकार गरी दुईओटा प्रोजेक्ट गरेको र दुवै राम्रो उदाहरणका रुपमा स्थापित भएको बताए।

Leave A Comment