सामसङको नयाँ फोन

शनिबार, ०२ कार्तिक २०७६, ०१ : २१ शुक्रवार
सामसङको नयाँ फोन

इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए ५० एस प्रस्तुत गरेको छ। यसमा अझ धेरै नवीनतम् एवं आकर्षक विशेषता रहेकोे कम्पनीले जनाएको छ। नाइट मोड, सुपर स्टेडी भिडियो तथा गेम बुस्टर प्रविधिका साथ शक्तिशाली प्रोसेसरजस्ता विशेषताका साथमा उक्त स्मार्टफोनले उत्कृष्ट कार्यक्षमता प्रस्तुत गर्ने कम्पनीको दाबी छ।

उक्त फोनमा ४००० एमएएचको सुपर ड्युरेबल ब्याट्री, १५ वाटको फास्ट चार्जिङ तथा एआई बेस्ड गेम बुस्टर  छ। टिकाउ ब्याट्रीसहित उक्त फोनमा ४८ मेगापिक्सलको मुख्य क्यामेरा छ। कम अँध्यारोमा पनि फोटो खिच्न सकिने उक्त फोनमा ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामेरा छ भने ५ मेगापिक्सलको लाइभफोकस लेन्सबाट शानदार फोटो लिन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

फोनमा ६ जिबी -याम एवं एक सय २८ जिबी स्टोरेजकासाथ ६.४ इन्चको एफएचडी प्लस सुपर एमोलेड इन्फिनिटी–यु डिस्प्ले तथा अन–स्क्रिन फिंगरप्रिन्ट अनलकिङ रहेको छ।

 

Leave A Comment