अन्तर्राष्ट्रिय कला शिविर

सोमबार, ०४ कार्तिक २०७६, १२ : ०७ शुक्रवार
अन्तर्राष्ट्रिय कला शिविर

पोखरामा अन्तर्राष्ट्रिय कला शिविर तथा प्रदर्शनी भयो। सुनहरि छबिल फाउण्डेसन राजस्थान इन्डियाको आयोजनामा इन्डिया नेपाल अन्तर्राष्ट्रिय कला कार्यशाला तथा प्रदर्शनी पोखराको लेकसाइडमा भएको हो।

प्रदर्शनीमा २५ भारतीय र ११ नेपाली कलाकारले कोरेका तस्बिर प्रदर्शनी गरिएको थियो। दुई दिन भएको कार्यक्रममार्फत एक अर्काको कला आदान–प्रदानसमेत भएको थियो।

यसअघि भारतको सिमला, राजस्थान, दिल्लीलगायतका ठाउँमा कार्यक्रम गरिसकेको र पोखरामा आयोजित कार्यक्रम चौथो भएको फाउन्डेसनका संरक्षक अशोक अग्रवालले जानकारी दिए। ७ वर्षअघि खुलेको फाउन्डेसनले आर्थिक अवस्था कमजोर भएका र अवसर नपाएका कलाकारलाई सहयोग गर्दै देश विदेश डुलाइरहेको अग्रवालले बताए।

Leave A Comment