मनिषालाई ताज

सोमबार, ०४ कार्तिक २०७६, १२ : १६ शुक्रवार
मनिषालाई ताज

पहिलो संस्करणको मिस क्विन लेकसिटी २०१९ को ताज पोखरा बागमाराकी मनिषा बरालले पहिरिएकी छन्। ताजसँगै उनले २ लाख १७ हजार पर्ने सुजुकी एक्सेस स्कुटर पुरस्कार पाइन्। फस्ट रनर अप शिशुवाकी समृद्धि पाण्डे भइन्। पाण्डेले ५० हजारबराबरको पुरस्कार पाइन्।

त्यस्तै सेकेन्ड रनरअप सविना अधिकारी भइन्। अधिकारीले नगद ३० हजारबराबरको विदेश भ्रमण गर्ने अवसर पाइन्। भ्यूअर च्वाइसको सब टाइटल लेकसाइडकी कामना भट्टराईको पोल्टामा प-यो। पोखरा–२७ तालचोकमा भएको प्रतियोगिताको फाइनलमा उपाधिका लागि१३ जनाबीच अन्तिम प्रतिस्पर्धा भएको थियो।

Leave A Comment