मेरो औकात छैन

बुधबार, ०६ कार्तिक २०७६, ०१ : ३८ शुक्रवार
मेरो औकात छैन

आज तिम्रो जन्मदिन। जन्मदिनको शुभकामना छ। तिमी सधैँ हाँसीखुसी रहनु। हुन त तिमीलाई शुभकामना दिनेको भिड होला। त्यही भिडमा हराएको मान्छे हुँ म। मभन्दा त्यो इन्डियन आर्मी तिम्रालागि ठीक छ किनभने तिमीलाई खुसी राख्ने मेरो औकात छैन।

यत्तिका वर्षका प्रेम सम्बन्धमा कहिल्यै जात र औकातको कुरा गरिनौ। जब विवाह गर्ने बेला आयो, तिमीलाई जात र औकात चाहियो। कति सजिलै तिमीसँगसँगै हुने जात र औकात मिल्दैन भनेर टाढियौ है ?

कहिलेकाहीँ त लाग्छ, जात र औकात त सबै छाड्ने बहाना हुन्। यत्रो वर्षसम्म मलाई झुलाएर राख्यौ। अहिले मेरो हविगत के भएको छ, तिमीलाई थाहा छ ? आत्महत्या गर्न दुई पटक प्रयास गरेँ। खै, केले रोक्यो मलाई। अझै पनि मलाई तिमै्र माया लाग्छ। मैले पनि सम्पत्ति कमाउँथेँ होला। कति छिटो हतासियौ है ?

पागल हुने गरी माया ग-यौ तिमीले मलाई। आश देखायौ सँगै हुने। अहिले आएर यो केटो त मेरो मायाले पागल भएछ भन्छ्यो। तिम्रो मन मेरो मायाले हैन, तिम्रो घमण्डले जितेको छ। छोरी मान्छेको पनि यत्रो घमण्ड ! तिम्रो घमण्डीपनले मेरो ज्यानै जाने भइसक्यो !

तिमीले भनिहाल्यौ, मेरो औकात छैन। त्यसैले अब तिमी बाट टाढा जाँदैछु।
उही तिम्रो गिदी गर्ने एस
स्रोत : नेप्लीज टिनएजर्स कन्फेसन्स

Leave A Comment