सर्फराज बर्खास्त

बिहिबार, ०७ कार्तिक २०७६, १२ : ०४ शुक्रवार
सर्फराज बर्खास्त

पाकिस्तानको टेष्ट र टी–२० को कप्तान सर्फराज अहमद  बर्खास्तीमा परेका छन्। पछिल्लो समय उनी खराब ’फर्म’ मा थिए र सोही कारण उनलाई दुई फर्म्याटको कप्तानबाट हटाइएको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ।

पीसीबीले लामो फर्म्याटको क्रिकेट, टेष्टका लागि अजर अलीलाई कप्तान नियुक्त गरेको छ। टी–२० मा बाबर अजामलाई कप्तानको जिम्मेवारी दिइएको छ। अजरले यसअघि पनि टेष्ट र ओडीआईको कप्तानी गरिसकेका छन्।

टी–२० मा कप्तान बनेका ब्याट्सम्यान बाबरले पूर्व कप्तान सर्फराजले प्राप्त गरेको उपलब्धिलाई कायम राख्नु आफ्नो उत्तरदायित्व भएको बताए।

Leave A Comment