भट्ट च्याम्पिएन

बिहिबार, ०७ कार्तिक २०७६, १२ : ०८ शुक्रवार
भट्ट च्याम्पिएन

अस्ट्रेलियाको राज्यस्तरीय शारीरिक सुगठनमा नेपालका प्रेमराज भट्ट च्याम्पियन अफ च्याम्पियन भएका छन्। विश्व शारीरिक सुगठनअन्तर्गत न्यू साउथ वेल्स, अस्ट्रेलिया टाइटल २०१९ का लागि लिभरपुलको क्याथलिक क्लबमा फाइनल प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा भट्टले पुरुष फिजिक्सतर्फ उपाधि जितेका हुन्।

जितसँगै भट्टले अस्ट्रेलियाको राष्ट्रिय खेलमा न्यू साउथ वेल्स राज्यका तर्फबाट प्रतिनिधित्व गर्नेछन्। राज्यस्तरीय खेलमा भट्ट नेपाली क्लब फिटनेस नेपाल (क्याम्सी), सेप्स टु (काठमाडौं) बाट सहभागी भएका थिए।

पुरुष फिजिक्सतर्फ विगिनर (पहिलो पटक) र सर्टहाइट (१७२ सेन्टिमिटर) मा प्रतिस्पर्धा गरेका भट्टले दुवैमा स्वर्ण पदक जितेका थिए। त्यसपछि सबै समूहभित्र स्वर्ण जित्ने खेलाडीको प्रतिस्पर्धामा पनि उनी विजेता बन्दै च्याम्पियन अफ च्याम्पियन बने। प्रतियोगितामा डेढ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

Leave A Comment